Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा करिब एक महिनादेखि एउटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । वैशाखको पहिलो साता अर्थात् २ गते एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि एआईजी पद रिक्त भएको हो । एआईजी बढुवा समितिको अध्यक्ष गृहसचिव रहने व्यवस्था छ । गत वैशाख १४ गते बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गर्दै आवेदन आह्वान गरेको थियो । सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको मिति सकिएको पनि एक साता भइसकेको छ । तर, यति लामो समय बितिसक्दा पनि बढुवा सिफारिस समितिको बैठक नै बस्न सकेको छैन । कारण हो, अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४…
सैनिक कल्याणकारी कोषको रकम हिनामिना: पूर्वलेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’को तयारी
काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा संलग्न आरोपमा अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी फरार छन् । चितवनको रत्ननगर नगरपालिका–१४ घर भएका ४५ वर्षीय अधिकारी अमेरिका पुगेको सैनिक अधिकृतहरू बताउँछन् । रकम घोटालामा संलग्न प्रतिवादी पूर्वप्रमुख सेनानी अधिकारीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्न सेनाले पत्राचार गरेको छ । अधिकारीविरुद्ध डिफ्युजन जारी गर्न पत्राचार गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । सेनाको पत्रको आधारमा काठमाडौं प्रहरीले डिफ्युजन जारी गर्ने प्रक्रिया अघि बढाएको छ । त्यस्तै सोही रकम हिनामिनाको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीमाथि सेनाले ‘थुना’मा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि सेनाले कोर्ट अफ इन्क्वाइरी सुरु गरेको…
पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । पकाहाँमैनपुर विधि र प्रक्रियाविपरीत गाउँपालिका कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिले बन्दसत्र बहिष्कार गरेका छन् । गाउँपालिका अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि २५ गते एक्कासी कार्यवाहक जिल्ला अध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बन्दसत्रमा निर्वाचन प्रक्रिया नै नगरी सामजिक सञ्जाल फेसबुकबाट कमिटीको नाम घोषणा गरिएपछि केही प्रतिनिधि बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् । गत २३ चैत्रमा गाउँपालिका अधिवेशन उद्घाटन भए पनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला अध्यक्ष विश्वम्भर शर्माले स्थगित गरेका थिए । वैशाख…
काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या भएको छ । युवती हत्या आरोपमा प्रहरीले एकजना भारतीय भूपू सैनिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको थियो । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको आएको थियो । त्यसपछि युवतीसँगै कोठामा रहेका पन्त फरार थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकले जिल्लाको शान्ति सुरक्षा र अमनचयन राख्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । भर्खरै जिप्रका गोरखाको जिम्मेवारी सम्हालेका उनले मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कानून कार्यान्वयन गर्ने कुरामा कसैसँग सम्झौता नहुने दाबी गरे । ‘जनतालाई भर अपराधीलाई डर हुने ढङ्गबाट हामी काम गर्छौं,’ उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै पनि कसुर बाँकी राख्ने छैनौं, त्यसमा कसैसँग पनि मोलाहिजा हुँदैन ।’ अहिलेसम्म एउटा इमान्दार प्रहरी अफिसरको रुपमा आफूलाई स्थापित गराउन सफल भएको भन्दै उनले संगठनको भरोसा र जनताको बिश्वासलाई गुम्न नदिने बताए । छिट्टै सुरक्षा रणनीति बनाएर काम…
सञ्जय मिश्रा रौतहट । ललाईफकाई विभिन्न प्रलोभन देखाएर बाराकी एक चेलीलाई भारतको राजधानी दिल्लीस्थित बेश्यालय पुर्याउन खोजेका एक युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन् । रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनियास्थित एसएसबी क्याम्पको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या घछछटरद्द नजिकै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा युवायुवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ । पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी बर्ष २५ को सुरज गुप्ता…
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले निकट भविष्यमा यहाँ छिट्टै एसपी परिर्वतन नहुने र पुरा कार्यकाल आफ्नो जिम्मेवारी पुरा गर्ने दावी गरे । एक हप्ताअघि जिल्ला प्रहरी कार्यालय चितवनको नयाँ प्रमुखको रुपमा कार्यभार सम्हालेपछि पुरीले बुधबार सञ्चारकर्मीहरुसँगको भेटमा सो कुरा बताएका हुन् । यसअघि ६ महिनाको बीचमा चितवनमा तीनजना एसपीको सरुवा भएको थियो । एसपीहरु चितवन प्रहरी प्रमुख भएर ३/३ महिनामै आउनेजाने भएपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा एसपी पुरीले भने, ‘ढुक्क भए हुन्छ, कार्यकाल पुरा गरि यहिँबाट विदा हुन्छु ।’ ३ हप्ताअघि प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी…
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला तीन जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । घटनामा ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् । बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइननजिकै हरियो गाडिएको बाँस राति आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन…
काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिमका नेता कर्णबहादुर थापाले सरकारले सुरु गरेको युवा स्वरोजगार कार्यक्रम स्टार्टअपमा मन्त्रीले पैसा खाएको आरोप लगाएका छन् । बाजुराको बुढीगंगामा आयोजित कार्यक्रममा उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको नामै तोकर पैसा खाएको आरोप थापाले लगाएका हुन् । उनले भने, ‘स्टार्टअप कार्यक्रममा मन्त्रीले पैसा आएको सुनिएको छ । यदि हो भने त्यसको जिम्मा मन्त्रीले नै लिनुपर्छ ।’ मन्त्रीलाई सरकारमा काम गर्न पठाएको हो भन्दै नेता थापाले मन्त्रीले पैसा खान्छ भने त्यसको जिम्मा उनले नै लिनुपर्ने बताए । ‘स्टार्टअप कार्यक्रममा हाम्रै मन्त्री छन्, उनले पैसा लिएका छन् रे’, थापाले भने, ‘उद्योग सुरु गर्न स्टार्टअप…
काठमाडौं । गत ३१ चैत २०८१ मा लमजुङ बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँस्थित अस्थायी प्रहरी बिट नजिकैको एक घरमा पूर्वप्रहरी हवल्दार सीता कँडेलको शव आफ्नो सुत्ने कोठाको लोबेडको भित्र त्रिपालले बेरिएको अवस्थामा भेटिएको थियो । विभत्स हत्या भएको एक महिना बित्दा पनि आफ्नै पूर्व कर्मचारीको हत्यारा पक्रन प्रहरी असफल भएको छ । यो घटनाले प्रहरीप्रतिको विश्वासमा थप आशंका उब्जिएको पीडित परिवारजनको भनाइ छ । बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँकी ४७ वर्षीया पूर्वप्रहरी हवल्दार कँडेलको हत्यारा पत्ता लगाउन प्रहरी असफल भएको हो । उनको २, ३ अघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । पोष्टमार्टम रिपोर्टबाट समेत सीताको हत्या…