काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या भएको छ । युवती हत्या आरोपमा प्रहरीले एकजना भारतीय भूपू सैनिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको थियो ।
चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको आएको थियो । त्यसपछि युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।
उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
