Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् । परिसरले बुधबारदेखि उनलाई सो जिम्मेवारी दिएको हो। डिएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन्। परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
काठमाडौं । नेपाल प्रहरीमा भर्खरै बढुवा भएका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । उनीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले फुली लगाइदिएका हुन् । बढुवा समितिको सिफारिसअनुसार गृहमन्त्री रमेश लेखकले रमेश थापासहित २५ जनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए । बढुवा हुनेहरुमा अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो रहेका छन् । यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा,…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रका जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाशमा जान पाउने गरी कानुन निर्माण गर्न लागिएको बताए । उनले भने, ‘जवान र अधिकृतहरूको आवाज समेटेर विधेयक निर्माण गरेका छौँ ।’ हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित २४ औँ स्थापना दिवस समारोहमा बोल्दै गृहमन्त्री लेखकले जवान र अधिकृतहरूको आवाज समेटेर कानुन निर्माण गर्न लागिएको बताएका हुन् । मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको लेखकले बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’ कार्यक्रममा उक्त ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताए । उनले भने,‘केही दिनमै विधेयकको…
काठमाडौं । नेपाल प्रहरीको इतिहासमा भद्र र शालीन मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले माघ १० मा आफ्नो कार्यकालको २२ महिना पूरा गर्छन् । यो २२ महिनाको समयमा उनले कहाँ के के गरे त ? उनी सफल भएका छन् कि त असफल ? प्रहरी संगठन सुधारको प्रयास भयो कि भएन ? सर्वत्र चासोको विषय पनि छ । जागिरे जीवनको लामो समयसम्म अब्बल कमाण्ड सम्हालेर आफूमुनिका दर्जालाई माया गर्ने गरेका आईजीपी कुँवरले संगठनको कमाण्ड सम्हाल्दा रातारात परिवर्तन नभए पनि संगठनमा देखिएका विकृति नियन्त्रण हुने आशा थियो । जुनकुरा २२ महिने कार्यकालमा आएर पुष्ठि भएको छ । उनी आईजीपी भइसकेपछि नेपाल…
काठमाडौं । मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज(सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडिओ सामाजिक संजालमा भाइरल भएको घटना चितवन भरतपुरको रहेको पाइएको छ । घटना आजभन्दा २२ दिन अघिको हो । ती युवकलाई कुटपिट गर्ने प्रहरी हुन् जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल । भिडिओमा भुजेलले ती युवकलाई सडकमा लच्छारपच्छार गरेर लात्तैलाताले हानेको देखिन्छ । ‘त्यसरी सार्वजनिक स्थलमा एकजना सर्वसाधारण माथि कुटपिट गर्नु हाम्रो इथिक्स भन्दा बाहिरको कुरा हो,’ चितवन प्रहरी प्रमुख गौतम मिश्रले भने, ‘बाकी कुरा छानबिनपछि थाहा होला ।’ घटनाबाहिर आएपछि चितवन प्रहरीले भुजेललाई तत्कालको लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) मिश्रले जानकारी दिए ।…
काठमाडौं । नेकपा (एमाले) का का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने अभियानको उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए । महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको बताए । नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रशंग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर यो वर्षको उत्कृष्ट बाहिनी कार्यालय हुन सफल भएको छ । यसैगरी तामिल शिक्षालयमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, गणमा नम्बर २१ गण हेडक्वाटर दक्षिणकाली, ललितपुर, गुल्ममा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जा र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुर सर्वाेत्कृष्ट बन्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल प्रधान नेपाल प्रधान कार्यालयबाट भएको निरीक्षणमा यी कार्यालयहरु सर्वाेत्कृष्ट ठहरिएका हुन् । आठ ओटा बाहिनीमध्येबाट सर्वाेत्कृष्ट बन्न सफल बाहिनीका बाहिनीपतिमा डीआईजी गणेश ठाडामगर…
काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रियामा उनले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच हातेमालो आवश्यक रहेको बताए । अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति, सुरक्षा कायम गर्नुका साथै कुरीति र बिसङ्गति अन्त्य गर्न नागरिकको भूमिका पुलको रूपमा रहेको औंल्याउँदै प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सामुदायिक–प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरी एकजुट भई अगाडि बढ्नुपर्ने उनले…
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् । फेसबुकमा उनले लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।’ हालै सम्पन्न नेपाल प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका…