काठमाडौं । नागढुंगा ट्राफिक प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डिएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन् । समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ ।
बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको छ । समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही हुने रानीपोखरी प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्…
नागढुंगामा ५० रुपैयाँले निम्तिएको इन्स्पेक्टर-जवान विवाद !
डिएसपीले सई र इन्स्पेक्टरले जवान कुटे, एसपीले गृहमन्त्रीकै अगाडि गुट्खा च्यापे !
नागढुंगामा प्रहरी जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टरको जिम्मेवारी खोसिए
ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई सडकमै कुटे