Author: Scoop Khabar

काठमाडौं । अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन् । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो । प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला…

थप

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ । यसँगै पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणबारे धेरैलाई चासो बढेको छ । बाबा रामदेवले सञ्चालन गरेका पतञ्जलि योगपीठले खानेपानीको समेत वितरण गर्दै आइरहेको छ । पतञ्जलि ‘दिव्या जल’ नाम दिएर उत्पादन गरिएको पानीको बोत्तल भारतमा मात्र नभएर नेपालको विभिन्न सरकारी कार्यालयहरुमा समेत पुर्याइने गरेको छ । नेपालमा पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणबारे धेरैलाई चासो भइरहँदा उक्त विवादित कम्पनीले उत्पादन गरेको ती पानीका बोत्तलहरु सरकारी कार्यालयहरुमा छ्यापछ्याप्ती देख्न सकिन्छ । ‘पतञ्जलि दिव्या जल’ लेखेको पानीको बोतल सरकारी कार्यालयहरुमा भेटिएको हो । प्रहरी प्रधान कार्यालय…

थप

वीरगञ्ज । वीरगञ्जको नाकाहरुबाट हुंदै आएका संगठित तस्करी, तस्करी रोक्न परिचालित सुरक्षाका विभिन्न संयन्त्र र तस्करीसंग सम्बन्धित व्यक्ति पक्राउ पछि भन्सार कार्यालयको मुद्दा फांटको भूमिकामा आरोपी जोगाउन अनुसन्धानमा एक स्थानिय मन्त्रीको ठाडो हस्तक्षेपले दैनिकी गरेर जिविकोपार्जन गर्ने सामान्य वर्ग पीडामा छन् । यही वैशाख १२ गते सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएको करिब १० लाख ५५ हजार रुपैया“ बराबरको औषधि र सवारीसाधन सहितक एकजना अटो चालकलाई नियन्त्रणमा लिएको थियो । अटो चालक वीरगञ्ज–२५, सिर्सियाका ३६ वर्षीय अमृत साह कानु, साथै उक्त कार्यमा संलग्न ढूवानीका सवारी साधन समेत प्रहरीले नियन्त्रणमा…

थप

पर्सा । प्रहरीले विभिन्न नाकाहरुबाट भन्सार छलि गरि भित्राएको अवैध लत्ताकपडा ठुलो परिमाणमा बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा अपराध अनुसन्धान शाखा ( क्राईम शाखा)प्रहरी टोलीले पर्साको गम्हरिया स्थित रहेको एक गोदामा छापा हानि भन्सार छलि गरि भित्राएको आठ लाख रुपैया बराबरको लत्ताकपडा पक्राउ गरेको हो। प्रहरीले विशेष सूचनाको आधारमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरिया सिमानाका साईकल र मोटरसाइकलमा लोड गरि अवैधरुपले भित्राई लुकाई छिपाई गोदाममा राखिएको अवस्थामा राखिएको ८ पोका‘सटिङ–सुटिङ’ र थानको विभिन्न प्रकारका भारतीय कपडा पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। पक्राउ परेको लत्ताकपडा अनुसन्धानपछि…

थप

वीरगन्ज ।ट्राफिक नियमको महत्व, सडक सुरक्षा,दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक सप्ताह सुरु जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ । सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो । कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, किशोर लम्साल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं,समाजसेवी जयप्रकाश खेतान,कमल चौलागाईंलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रहरी निरीक्षक भट्टका…

थप

बारा । ईलाका प्रहरी कार्यालय सिमरा बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी)शुभद्रा वाइवालाई जिम्मेवारीबाट हटाएको छ । वाइवा जिम्मेवारी सम्हालेको पाँच महिनामै विवादमा आएपछि उनको जिम्मेवारी खोसिएको हो । उनको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको छ । वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो । जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको पुष्टि गरे । जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी…

थप

काठमाडौं । नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ । यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ। उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन् । बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

थप

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार स्कटल्याण्डको फोर्टहिल डुन्डीमा दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ । स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र…

थप

काठमाडौं । सिरहा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने र मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोदकुमार यादव हुन् । प्रहरीका अनुसार, सवारी ज्यान मुद्दामा सिरहा प्रहरीको हिरासतमा रहेका बेला सिरहा नगरपालिका–१६, माडरका विवेक यादवलाई छुटाई दिने भन्दै उनकी आमासँग प्रमोदकुमारले रकम असुल गरेका थिए । विवेकलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै प्रमोदले विवेककी आमा रानीदेवी यादवसँग २०८१ असार २७ गते १ लाख ७० हजार रुपैयाँ लिएको खुलेको छ । रानीदेवी यादवले दिएको जाहेरीका आधारमा प्रमोदलाई सोमबार पक्राउ गरिएको हो । प्रहरीले सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सूचना संकलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिँदै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्नसक्ने गरी कार्य गर्न निर्देशन दिए। सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको…

थप