काठमाडौं । अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन् ।
मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरुको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो ।
प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।
