काठमाडौं । नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ ।
यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ। उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन् ।
बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Facebook Comments Box
