Author: Scoop Khabar

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १४ अर्ब १२ करोड रुपैयाँ छ ।त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष ५ अर्ब ११ करोड छुट्याएकोमा गत आर्थिक वर्ष ५७ करोड छुट्याइएको छ । बैंकको वार्षिक प्रतिसेयर…

थप

काठमाडौं । नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्वडीआइजीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, नेपाली सेनाका पूर्वकर्णेल डा. प्रद्युम्न पौडेल (एजम्र) सशस्त्र प्रहरीका पूर्वडीआइजी दुर्गा भट्टराई रास्वपामा प्रवेश गरेका हुन् । सोही अवसरमा सशस्त्र प्रहरीका पूर्वएसएसपी विश्वेश्वर थापा र अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर तथा रेउकाई नेपालकी पूर्वअध्यक्ष शोभा जोशीले पनि पार्टीमा आबद्धता जनाएको झाले बताए । नवप्रवेशीहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले पार्टीको लोगो लगाएर स्वागत गरेका थिए ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभाग स्रोतका अनुसार केही दिनअघि थापालाई अमेरिकाले डिपोर्ट गरेको हो । थापालाई गत फागुनमा अमेरिकामा पक्राउ गरिएको थियो । अमेरिकी फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) ले उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखेको थियो । प्रारम्भिक रूपमा थापामाथि अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा सञ्चालन गरेको आरोप लागेको बताइएको छ । यसअघि उनीमाथि सवारी लाइसेन्स दुरुपयोगको आरोपमा कारबाही भइसकेको थियो । रास्वपाले यसअघि नै थापालाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको थियो । केन्द्रीय सदस्य थापामाथि अनुसन्धानको आरम्भको सन्दर्भमा, पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले उनलाई मन्त्री बनाउन तीन करोड…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्याका फरार प्रतिवादीलाई पार्टीमा भित्र्याएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रहरीको खोजी सूचीमा रहेका यादवलाई बिहीबार पार्टीमा भित्र्याएर स्वागत गरेका हुन् । यादवको स्वागत कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित देखिन्छन् । महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते…

थप

काठमाडौं । १५ दिनअघि सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्ने लहान नगरपालिका–२४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको सुराक फेला पार्न सिरहा प्रहरीले प्रयोग गरेको मुख्य प्रमाण भने घटनास्थलमा भेटिएको एउटा चप्पल हो, जसले अनुसन्धानलाई निर्णायक मोडमा पुर्‍याएको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । सिरहाका एसपी अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले वृद्धको घर पसेका थिए । घरभित्र छिरेपछि फनिलालले प्रतिरोध गर्न खोजेपछि चौधरीले साथमा रहेको खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार…

थप

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का एक पूर्व सैनिकले १० धुर जग्गा आफ्नो नाममा गर्न जीवितै श्रीमतीको मृत्यु प्रमाणपत्र तयार गरेको खुलासा भएको छ । यो घटनाले एकातर्फ स्थानीय तहको दर्ता प्रणालीमा देखिएको गम्भीर कमजोरी उजागर गरेको छ भने अर्कोतर्फ मृत्यु दर्ता गरिएकी महिलाले ‘पुनर्जन्म’ को लडाइँ लड्नुपरेको छ । पीडित ३८ वर्षीया गोमतीदेवी गिरीका अनुसार उनका श्रीमान् दयाराम गिरीले २०७६ साल फागुन ५ गते मृत्यु भएको मिति राखी सोही महिनाको २० गते वडा कार्यालयबाट उनको मृत्यु भएको भनी झुटो प्रमाणपत्र बनाएका थिए । जसमा तत्कालीन पञ्जिकाधिकारी गुरूदेव विकले प्रमाणीकरण गरेका छन् । यो कुरा उनी स्वयमले ६ वर्षपछि थाहा…

थप

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौता साउन २९ गते भएको हो । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य १००० का दरले हुन आउने रकम ३ अर्ब बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज…

थप

काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पीटलमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरे ।

थप

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताए । मन्त्री अधिकारीले अहिले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए । हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने…

थप

काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी)माथि कारबाहीको तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी अस्पतालमा कार्यरत एसपी डा. अर्जुन प्रसाद डुम्रेमाथि कारबाहीको तयारी गरेको हो । चिकित्सक समेत रहेका एसपी डुम्रेले प्रहरीको फौजी पोशाकमै बल्खुस्थित नेपाल वर्नहाट कलेजको प्रचार गरेको भिडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोध्ने तयारी गरिएको हो । नेपाल प्रहरी अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत एसपी डुम्रेमाथि प्रहरी आचरणविपरीत गतिविधि गरेको आरोप लागेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले कुनै पनि प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्न नपाउने उल्लेख गर्दै डुम्रेको विषयमा अनुसन्धान भइरहेको बताए । प्रहरीको युनिफर्ममै आफ्नो…

थप