काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभाग स्रोतका अनुसार केही दिनअघि थापालाई अमेरिकाले डिपोर्ट गरेको हो ।
थापालाई गत फागुनमा अमेरिकामा पक्राउ गरिएको थियो । अमेरिकी फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) ले उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखेको थियो ।
प्रारम्भिक रूपमा थापामाथि अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा सञ्चालन गरेको आरोप लागेको बताइएको छ । यसअघि उनीमाथि सवारी लाइसेन्स दुरुपयोगको आरोपमा कारबाही भइसकेको थियो ।
रास्वपाले यसअघि नै थापालाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको थियो । केन्द्रीय सदस्य थापामाथि अनुसन्धानको आरम्भको सन्दर्भमा, पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले उनलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको आरोपसमेत सार्वजनिक गरेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणसँग थापा जोडिएको श्रेष्ठले दावी गरेका थिए । थापा लामिछानेका निकट र विश्वासपात्र मानिन्छन् ।
उनलाई लामिछानेको ‘अवैध कारोबारको लकर’ समेत भनिन्छ । उनी प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणको क्रममा विरोध कार्यक्रमको नेतृत्व गर्ने लगायतको गतिविधिमा समेत संलग्न रहेको खुलेको थियो ।
