काठमाडौं । नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्वडीआइजीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, नेपाली सेनाका पूर्वकर्णेल डा. प्रद्युम्न पौडेल (एजम्र) सशस्त्र प्रहरीका पूर्वडीआइजी दुर्गा भट्टराई रास्वपामा प्रवेश गरेका हुन् ।
सोही अवसरमा सशस्त्र प्रहरीका पूर्वएसएसपी विश्वेश्वर थापा र अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर तथा रेउकाई नेपालकी पूर्वअध्यक्ष शोभा जोशीले पनि पार्टीमा आबद्धता जनाएको झाले बताए ।
नवप्रवेशीहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले पार्टीको लोगो लगाएर स्वागत गरेका थिए ।
