Author: Scoop Khabar

काठमाडौं । युरोप भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीतिक स्थायित्व र सही नेतृत्व नहुँदासम्म मुलुकले वास्तविक रूपमा अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सक्षम राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताए । उनले नेपाली युवाहरूलाई विदेशमा मात्र सीमित नराखी स्वदेश फर्काउन र आर्थिक परिवर्तन छिटो ल्याउन नीति र नेतृत्वमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन। अहिले देशभरि झन्डै हरेक घरमा बत्ती पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै तीखो प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, ‘राजनीति छोड्दा गर्ल्यामगुर्लम हुने के छ ?’ भन्दै दाहाललाई कटाक्ष गरेका हुन् । नेता रिजालले हालै दाहालले गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै व्यंग्य गरे । केही दिनअघि सार्वजनिक कार्यक्रममा दाहालले आफूले राजनीति छोड्दा सबै ‘गर्ल्यामगुर्लम ढल्ने हो की जस्तो लाग्ने गरेको’ टिप्पणी गरेका थिए । यसलाई लिएर रिजालले भने, ‘नेपालमा कुनै दलका नेताले ‘मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम हुन्छ’ भन्ने धारणा राख्छन् । आखिर पृथ्वी नै बोकेको जस्तो के छ ?’ उनले थपे,…

थप

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को बोर्ड सदस्यका रुपमा आनन्द राज शर्मा वाग्ले मनोनयन भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार स्वागत तथा शपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए. आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले समेत स्वागत तथा शुभकामना व्यक्त गरे। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए. आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो ।

थप

काठमाडौं । The Export and Import Bank of China (एक्जीम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । एक्जिम बैंकको चीनस्थीत सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र एक्जिमबैंकबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो । उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र एक्जिमको तर्फवाट सिचुवान शाखाकी उपाध्यक्ष वु यानहुईले हस्ताक्षर गरे । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल…

थप

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा कसैले प्रवेश गराइराख्नु नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भण्डारीले नै पार्टी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएकी भएकाले उनी स्वाभाविक रूपमा एमालेकै नेतृ भएको बताएका हुन् । ‘उहाँलाई इन्ट्री दिनु भन्ने कुरा नै हुँदैन,’ थापाले स्पष्ट पारे, ‘यो त उहाँ आफैंले निर्माण गरेको पार्टी हो । उहाँ अहिले पनि एमालेमै हुनुहुन्छ र एमालेकै नेतृ हुनुहुन्छ।’ थापाले भण्डारीप्रति एमाले जनजनको विश्वास र समर्थन रहेको दाबी गर्दै भने, ‘जनताको बिचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो। एमालेले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त मान्छ,…

थप

पूर्ण कुँवर भदौ १ गते १० बजेतिर म केही कामले सुर्खेतको वीरेन्द्रनगर बजार गएको थिएँ । २०,२२ बर्षका दुईजना दिदीबहिनीलाई केही सामानको साथमा घन्टाघर नजिक सडक किनारमा देखें । उनीहरुमध्ये एक बहिनी बिरामी र अर्की बहिनी बिरामीको सहयोगी रहेछिन् । उनीहरु केही समस्यामा परेको र केही सहयोगको जरुरत परेको कुरा उनीहरुको अनुहारमा प्रष्ट देखिन्थो । मैले उनीहरुलाई त्यो कुरा नसोधी त्यहाँबाट आफ्नो बाटो लाग्न सकिन, किनकि उनीहरु साँच्चिकै समस्यामा छन भन्ने कुरामा म ढुक्क थिए । अनि मैले उनीहरु दुवैलाई एकसाथ सोधेँ, तिमीहरु कहाँबाट आएका हौ ? कहाँ जानुपर्ने हो ? तिमीहरुलाई केही कुराको समस्या भए भन नानी म तिम्रो…

थप

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने बताएका छन् । शनिबार अनेरास्ववियु महिला विभागले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै ढकालले देश र पार्टीको आवश्यकता भएकाले उमेरको बन्देज लगाउन नहुने बताए । उनले भने, ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान हटाएको छ । यी दुवै विषयलाई विधान महाधिवेशनले अनुमोदन गर्छ ।’ यद्यपि, एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले बनाउन तम्सिनेहरु ७० वर्षे हद कायम राख्न नचाहेको उनले बताए । तैपनि अखिलमा उमेर हद लगाउने…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारी तथा कर्मचारीलाई अश्लील, अशिष्ट तथा द्विअर्थी शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । कतिपय सिनियर अधिकृतले सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आफू–आफूबीचमा त्यस्तो भाषा प्रयोग गर्ने गरेको गुनासो आएपछि कार्यालयले यस्तो निर्देशन दिएको हो । महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई परिपत्र गर्दै असल आचरण व्यवहारको प्रवद्र्धन गर्न निर्देश गरेको छ । महाशाखाले केही सिनियर अधिकृतले नम्रता र नैतिक जिम्मेवारीका मूल्यमान्यता पर्याप्त रूपमा आत्मसात नगरेको देखिएको र यसले नागरिक र प्रहरीबीचको सम्बन्धमा दरार उत्पन्न हुनसक्ने…

थप

काठमाडौं । विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाएर बलात्कार गरेको अभियोगमा धनुषाका एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले पीडितको मञ्जुरीबिना भएको जबरजस्ती करणी पुष्टि गर्दै सो सजाय तोकेको हो । अदालतले गत जेठ १३ गते प्रतिवादीलाई दोषी ठहर गरेको र जेठ ३० गते सजाय निर्धारण गरी पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । ०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएका दम्पतीबीच केही समयमै घटना घटेको थियो । श्रीमानले हनिमुनका लागि काठमाडौं जान प्रस्ताव गरे पनि श्रीमतीले पर्याप्त चिनजान नभएको…

थप

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले समाचारको सूचना दिएको आरोप लगाउँदै एकजना सहायक हवल्दारलाई नजरबन्दमा राखेको पाइएको छ । स्कुपखबरमा ‘लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान’ शीर्षकमा समाचार प्रकाशित भएपछि एसएसपी कोइरालाले हवल्दार मणि उप्रेतीलाई नजरबन्दमा राखेका हुन् । त्यतिमात्र होइन, एसएसपी कोइरालाले आफ्नो पदको दुरुपयोग गर्दै सहायक हवल्दार उप्रेतीमाथि कारबाहीको डण्डा चलाउन खोजेका छन् । सोधपुछको लागि भन्दै उप्रेतीलाई समाचार आएको कहीदिनमै उजुरी छानबिन शाखाले बोलाएको पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि अहिलेसम्म उप्रेतीलाई घर जान दिइएको छैन । एउटा अपराधीलाई जस्तो व्यवहार गरेर कोइरालाले एसएसपी पदको दुरुपयोग…

थप