काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने बताएका छन् ।
शनिबार अनेरास्ववियु महिला विभागले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै ढकालले देश र पार्टीको आवश्यकता भएकाले उमेरको बन्देज लगाउन नहुने बताए ।
उनले भने, ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान हटाएको छ । यी दुवै विषयलाई विधान महाधिवेशनले अनुमोदन गर्छ ।’
यद्यपि, एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले बनाउन तम्सिनेहरु ७० वर्षे हद कायम राख्न नचाहेको उनले बताए । तैपनि अखिलमा उमेर हद लगाउने निर्णयको भने उनले बचाउ गरे । ३२ वर्षे उमेर हद अखिलमा लगाउँदा नेतृत्व विकासमा सहयोग पुगेको उनले बताए ।
