पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ महेशपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याएर टहरामा लुकाइराखिएको २७ क्विन्टल ८६ किलो तोरी प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार ३ गते साँझ करिब ५ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त टोलीले टहरामा छापा मार्दा तोरी बरामद गरेको हो।
बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छली ल्याएर बिक्री–वितरणका लागि भण्डारण गरिएको आशंकामा बरामद गरिएको तोरी आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए।
