Author: Scoop Khabar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । जोर्डनका राजालाई पत्र पठाउँदै राष्ट्रपति पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशाक्य पहल गरिदिन आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

थप

बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् । शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो । केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ । ‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए । कलर समातेर…

थप

ललितपुर । रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ प्रकाशन भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ । सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनस्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न…

थप

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मतले भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो । निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी मात्रै परेको छ । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् । राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दै छ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ । न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २० प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रधान कार्यालयको कानुन शाखाले मंगलवार एक सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो । गैरहाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्रविधि प्रहरी जवान र बाँकी सबै प्रहरी जवान छन् । उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च)को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ ।

थप

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो सद्भाव रहेको बताएकी छन् । मंगलबार रास्वपाका सांसद समेत रहेका प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले सो कुरा बताएकी हुन् । झासहितका केही नेताहरु आज बिहान भण्डारीलाई भेट्न बूढानिलकण्ठस्थित निवासमै पुगेका थिए । सो क्रममा १० बजेदेखि साढे ११ बजेसम्म कुराकानी भएको प्रवक्ता झाले बताए । उनले कुनै विशेष राजनीतिक एजेण्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरुपको भेटघाट भएको बताए । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा को कुराकानी छलफल भयो,’ उनले भनेका छन्, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा…

थप

वीरगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र बहादुर आमात्य पर्सा–२ बाट उम्मेदवारीको तयारीमा छन्। उनी संविधानसभा सदस्यका रूपमा २०७० सालमा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भएका थिए। अहिलेको यो ‘कमब्याक’ले कांग्रेसभित्र शक्ति सन्तुलन बदल्ने संकेत दिएको छ। अघिल्लो चुनावमा नेपाली काग्रेस बाट बिजयी अजय कुमार चौरसियाको क्षेत्रमै आमात्य प्रवेश गर्न लागेपछि स्थानीय राजनीति नयाँ मोडमा पुगेको विश्लेषकहरूको भनाइ छ। २०७९ को चुनावमा अमात्यलाई टिकट नपाई नेपाली काग्रेसको केन्द्रीय सदस्य समेत रहेका अजय चौरसियालाई टिकट पाएको थियो।चौरसिया जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई झिनो मतको अन्तरले पराजित गरेका थिए।चौरसिया नेपाल सरकारको कानुन मन्त्री हुन्। चौरसिया मन्त्री भएपनी उनको कामकाजले क्षेत्र…

थप

काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ। यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन्। यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जनाएको छ । इसेवाले यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै…

थप

काठमाडौं । अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३  (iCAUR V23)’ सार्वजनिक गरेको छ । गैरीधारास्थित सिल्भर ओकमा शुक्रबार आयोजित ‘प्रिभ्यू कार्यक्रम’मार्फत कम्पनीले यस मोडेल प्रस्तुत गरेको हो । चीनको प्रमुख अटोमोबाइल निर्माता चेरि ग्रुपअन्तर्गतको नयाँ ब्रान्ड ‘iCAUR’ को यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक गरिएको थियो । चेरि ग्रुपले दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान सुरक्षित गर्दै विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ । आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको  iCAUR V23 साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर…

थप

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको उल्लेख गरे । तर, नेपाली कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । संख्याका आधारमा वर्तमान सरकार बलियो अवस्थामा रहेको बताए । सरकार पूरै अवधि चल्ने उनले जिकिर गरे ।

थप