काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २० प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रधान कार्यालयको कानुन शाखाले मंगलवार एक सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
गैरहाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्रविधि प्रहरी जवान र बाँकी सबै प्रहरी जवान छन् ।
उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च)को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ ।
Facebook Comments Box
