काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् ।
नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको उल्लेख गरे । तर, नेपाली कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको बताए ।
संख्याका आधारमा वर्तमान सरकार बलियो अवस्थामा रहेको बताए । सरकार पूरै अवधि चल्ने उनले जिकिर गरे ।
Facebook Comments Box
