काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
जोर्डनका राजालाई पत्र पठाउँदै राष्ट्रपति पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशाक्य पहल गरिदिन आग्रह गरेका हुन् ।
उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेका छन् ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
Facebook Comments Box
