काठमाडौं । अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३ (iCAUR V23)’ सार्वजनिक गरेको छ । गैरीधारास्थित सिल्भर ओकमा शुक्रबार आयोजित ‘प्रिभ्यू कार्यक्रम’मार्फत कम्पनीले यस मोडेल प्रस्तुत गरेको हो ।
चीनको प्रमुख अटोमोबाइल निर्माता चेरि ग्रुपअन्तर्गतको नयाँ ब्रान्ड ‘iCAUR’ को यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक गरिएको थियो ।
चेरि ग्रुपले दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान सुरक्षित गर्दै विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ ।
आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको iCAUR V23 साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर सेटअप राखिएको छ, जसले १८० न्युटनमिटर टर्क प्रदान गर्छ ।
साथै, ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको छ । गाडीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ ।
यस एसयूभीमा आराम र व्यावहारिकतालाई विशेष प्राथमिकता दिइएको छ । अगाडिको फराकिलो स्पेसका कारण सजिलै चढ्ने–ओर्लने सुविधा मिल्छ भने पछाडिको सिट पनि पर्याप्त फराकिलो राखिएको छ ।
इन्टेरियरमा विशेष मेकानिकल नब र आधुनिक स्पर्शजन्य डिजाइनलाई समावेश गरिएको छ । करिब ७० प्रतिशत भाग हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरी तयार पारिएको यस गाडीले उच्च स्तरको सुरक्षामानक पूरा गर्ने बताइएको छ ।
छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुने भनिएको V23 ले उपभोक्तालाई नयाँ पुस्ताको विद्युतीय एसयूभी अनुभव दिने कम्पनीको दाबी छ । कार्यक्रममा सहभागीले गाडीका इन्टेलिजेन्ट टेक्नोलोजी विशेषता अनुभव गर्नुका साथै प्रारम्भिक ड्राइभिङ पनि गरेका थिए ।
एसपिजि अटोमोबाइल्सले नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ख्द्दघ मार्फत उपभोक्तालाई स्मार्ट प्रविधि र रगेड एड्भेन्चर रेडी क्षमताको नयाँ विकल्प उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।