Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । आजदेखि प्रहरी महानिरीक्षक (आईजी) दिपक थापा ३० वर्षे सेवाको पूर्णकालीन अवकाशमा प्रवेश गर्दैछन्। राती १२ बजेबाट लागू हुने यस अवकाशसँगै थापासँगै दुई एआईजी सुदिप गिरि र टेक बहादुर तामाङ पनि अवकाशमा जाने भएका छन्। गृह मन्त्रालयले उनीहरूको विदाइको तयारी पूरा गरिसकेको छ भने प्रहरी प्रधान कार्यालयले पनि एक कार्यक्रमका साथ विदाइ गर्नेछ। यस्तै गत १४ गते मात्रै अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि घर गइसकेका छन्। दिपक थापाको पदमा एआईजी चन्द्र कुबेर खापुङ नयाँ आईजीको रूपमा नियुक्त भइसकेका छन् र उनले आजै आईजीको फुलि लगाएर प्रहरी प्रधान कार्यालयको जिम्मेवारी सम्हालेका छन्। यससँगै प्रहरीमा ४ एआईजीका पद रिक्त भएका…
विश्वका शक्तिशाली नेताहरु पहिलोपटक एउटै मञ्चमा, चीनमा भव्य सैन्य परेडले विश्वको ध्यान आकर्षित
एजेन्सी । चीनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको अवसरमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेको छ। यस अवसरमा विश्वका शक्तिशाली नेताहरु – चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन – पहिलोपटक एउटै मञ्चमा देखिएका छन्। परेडको अवलोकनका क्रममा तीनै नेता काँधमा काँध मिलाएर हिँड्दा दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ऐतिहासिक भनेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले यसलाई ‘विश्व राजनीतिक परिप्रेक्ष्यमा अत्यन्तै महत्वपूर्ण घटना’ भनी उल्लेख गरेको छ। विशेषज्ञहरू भन्छन् कि यस्तो सार्वजनिक देखावटीले चीन, रुस र उत्तर कोरिया बीचको निकटता र रणनीतिक साझेदारीको संकेत दिन्छ। चीनले आफ्नो बढ्दो वैश्विक प्रभाव, रुससँगको…
काठमाडौं । मंगलबार बिहान गोंगबुको एक साधारण घरमा प्रहरी टोली प्रवेश गर्दा बाहिरबाट देख्दा सबै सामान्य जस्तो लाग्यो। तर घरभित्र पस्दा, चामलको बोरा खोल्दै प्रहरीका आँखाको सामु ४ करोड २५ लाख ५० हजार नगद र सात किलो सुनको भारी प्रकट भयो। घरको सानो कोठा बिस्तारै अनुसन्धानको केन्द्रमा परिणत भयो। हल्का अँध्यारोमा टर्चको प्रकाशले नगदको छालामा चकचक देखायो। टोलीका अनुहारमा कौतुहलता मिसिएको थियो, तर प्रत्येक कदम सर्तक र योजना अनुसार थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले टोलीलाई स्पष्ट निर्देशन दिएका थिए- ‘सूचना प्राप्त भएपछि तुरुन्त निरीक्षण गर्नुहोस्। कुनै पनि सम्पत्ति छिप्न पाउने छैन। हामी कानूनी दायराभित्र रहँदै सुरक्षित तर प्रभावकारी…
एजेन्सी । भारतको बिहारको पूर्णियामा अन्धविश्वासकै कारण एकै परिवारका पाँच जना सदस्यलाई गाउँलेहरूले जिउँदै आगोमा जलाएका छन् । घटनाले राज्यको कानून-व्यवस्था मात्र होइन, शिक्षा–व्यवस्थाको स्तरलाई पनि गम्भीर प्रश्नमा उभ्याइदिएको छ । भारत अन्तरिक्ष यात्रामा नयाँ उपलब्धि हासिल गर्दै विश्वसँग प्रतिस्पर्धा गरिरहेको बेला पूर्णियाको यो घटना समाजका केही हिस्सा अझै गहिरो अन्धविश्वास र अशिक्षाको दलदलमा फँसेको प्रमाण हो । मृतक परिवारकी एक महिला झाडफुक गर्ने काम गर्थिन् । केही दिनअघि गाउँकै एक बालकको मृत्यु सामान्य रोगका कारण भए पनि अन्धविश्वासी र अशिक्षित गाउँलेहरूले त्यसलाई ‘तान्त्रिक क्रिया’सँग जोड्दै महिलामाथि शंका गरे । यसअघि पनि केही मानिसको मृत्यु भएकाले गाउँलेहरूले झाडफुक गर्ने महिलालाई…
काठमाडौं । बिहारको मुजफ्फरपुर जिल्लास्थित सकरा प्रहरी क्षेत्रअन्तर्गत गन्निपुर बेजा गाउँमा मङ्गलवार बिहान ४ वर्षीया बालिकाको शव फेला परेको छ। शव फेला परेपछि गाउँमा सनसनी फैलिएको छ। मृतक बालिकाको परिचय मिंटु रायकी छोरी चन्दासी कुमारी (४) को रुपमा खुलेको छ। उनी सोमबार दिउँसोदेखि हराएकी थिइन्। गाउँको बाँसवारीमा फेला परेको बालिकाको शरीरमा कुटपिटका थुप्रै दाग भेटिएका छन्। उनको ओठ कालो भएको र अनुहारसहित शरीरमा चोटपटकका गहिरा दागहरू देखिएका छन्। घटनास्थलमा सूचना पाएसँगै सकरा प्रहरी प्रमुख राजु कुमार पाल र अनुमण्डल प्रहरी पदाधिकारी (सकरा–२) मनोज कुमार सिंहसहितको टोली पुगेर घटनाको अनुसन्धान थालेको छ। प्रहरीले बालिकाका अभिभावकसँग सोधपुछ गर्नुका साथै शव भेटिएको बाँसवारी…
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । फेसबुकमार्फत चरित्र हत्या, अपमान र बदनाम गर्ने कार्यमा संलग्न भएको आरोपमा महरविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । महरले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि हुन आएको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले क्षतिपूर्तिसहितको सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार अभियोग पत्र अदालतमा दर्ता भए पनि ऐन महर अदालतमा उपस्थित भएपछि थुनछेक बहस हुनेछ । महरले आफ्नो फेसबुक आईडी प्रयोग गरी महिलाको…
काठमाडौं । १८ भदौ राति १२ बजेबाट दिपक थापाले प्रहरी महानिरीक्षक (आईजीपी)को कुर्सीबाट औपचारिक रूपमा अवकाश लिँदैछन्। ३० वर्ष लामो प्रहरी जीवनमा उनी अनुशासित, कर्मठ र अब्बल क्षमताका अधिकृतका रूपमा चिनिएका थिए। प्रारम्भिक दिनदेखि नै घटनास्थलमै खटिने, अनुसन्धानमा गहिरो ध्यान दिने र नेतृत्व गुण देखाउने थापालाई धेरैले भविष्यको प्रहरी प्रमुखका रूपमा हेरेका थिए। तर, नेतृत्वको शिखरमा पुगेपछि उनको छवि उल्टो दिशामा गयो। गत २०८१ चैत ५ गते आईजीपी बनेका थापासँग सुरुवातमै ठूलो अपेक्षा थियो। अपराध नियन्त्रणमा कडाइ, संगठनलाई अनुशासनमा बाँध्ने र विवादमुक्त बनाउने प्रतिबद्धता उनले सार्वजनिक गरेका थिए। तर, छोटो ६ महिनाको कार्यकाल उनको लागि ‘आशा भन्दा बढी आलोचना’ को…
काठमाडौं । पछिल्ला दिनमा ‘कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” शीर्षकसहित एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले भने उक्त भिडिओ वास्तविकतामाथि आधारित नभई नियोजित रूपमा तयार गरिएको आरोप लगाएका छन् । कोटेश्वरका एक व्यापारीका भनाइअनुसार, केही दिनअघि नो–पार्किङ क्षेत्रमा अरनिको यातायातका गाडीहरू पार्किङ गरिएको थियो । सो क्रममा एक स्कुटर चालक ठोक्किँदा मृत्यु भएको घटनापछि ट्राफिक प्रहरीले यस्ता घटना दोहोरिन नदिन कडाइका साथ नियम कार्यान्वयन गर्न थालेको हो । यद्यपि, भाइरल भिडियोमा देखिने एक व्यक्तिले ट्राफिक प्रहरीमाथि धम्कीपूर्ण शैलीमा हरेक गाडीबाट १०० देखि ५०० रुपैयाँ असुल्ने आरोप लगाएका छन् । तर स्थानीय स्रोतका…
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन उनी बख्तरबन्द रेलमार्फत त्यहाँ पुगेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरे । किम जोङ उन सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए । उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन् । बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा…
काठमाडौं । पोखरास्थित फेवातालमा आज बिहानै हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ। आज बिहान ५ बजेतिर कास्की जिल्ला पोखरा महानरपालिका-६ गौरीघाटस्थित फेवातालमा मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी हाम फालेकी थिइन् । तर उनी काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा फौजले उनको उद्धार गरेको हो । उद्धारपछि महिलालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (रामघाट) र अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन हाम फालिन् भन्ने कुरा खुलिसकेको छैन ।