एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन उनी बख्तरबन्द रेलमार्फत त्यहाँ पुगेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरे ।
किम जोङ उन सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए ।
उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन् ।
बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्।
सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
