Author: Scoop Khabar

पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेको हो । गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टोखा हाइटस्थित निवासमा पुगेर प्रचण्डले नेता वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले वैद्यकै निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ । स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन् । यसअघि छातीमा सङ्क्रमण भएपछि गत असारमा वैद्य करिब एक महिना…

थप

काठमाडौं । प्रहरीले बुद्धचित्त चोरी गर्न घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन् । उनीहरूबाट ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरिएको प्रहरीले जनाएको छ । शनिबार राति सवा २ बजेतिर ललितपुरको गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा रहेको बुद्धचित्तको रूखबाट दाना चोर्न आएका चोरहरुले सिसिटिभी तार काटेर चोरी सुरु गरेका थिए । तर, कुकुरको भुकाइपछि घरधनी मार्फा बाहिर निस्किए । त्यतिबेला समूहले उनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएर बुद्धचित्तको दाना चोरेर फरार भएका थिए । जिल्ला…

थप

काठमाडौं । नेपाल प्रहरीको इतिहासमा अब्बल र निडर मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले साउन ४ मा आफ्नो कार्यकालको चार महिना पूरा गर्छन् । यो चार महिनाको समयमा उनले कहाँ के के गरे त ? उनी सफल भएका छन् कि त असफल ? प्रहरी संगठन सुधारको प्रयास भयो कि भएन ? सर्वत्र चासोको विषय पनि हो । जागिरे जीवनको लामो समयसम्म अब्बल कमाण्ड सम्हालेर आफूमुनिका दर्जालाई माया गर्ने गरेका आईजीपी थापाले संगठनको कमाण्ड सम्हाल्दा रातारात परिवर्तन नभए पनि संगठनमा देखिएका विकृति नियन्त्रण हुने आशा थियो । जुनकुरा ४ महिने कार्यकालमा आएर पुष्टि भएको छ । उनी आईजीपी भइसकेपछि नेपाल प्रहरीमा…

थप

काठमाडौं । रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रदान गरिएको छ । रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन् । उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ । मातृभूमिले परोपकारी कार्यगरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिलाई हरेक वर्ष हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ । त्यस अवसरमा क्लबले रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा…

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोधपूर्ण रवैया अपनाएको आरोप लगाएका छन् । गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शनिवार राजधानीमा आयोजित पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको नेताको संज्ञा दिए । पुनले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा फसाएर उनको पार्टी विभाजन गर्ने नियत राखेको दाबी गरे । यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर उनको पार्टीलाई नेकपा एमालेमा विलय गराउने ओलीको योजना रहेको बताए । ‘ओलीजीले विपक्षी नेताहरूलाई ठेगान लगाउने नाममा मुद्दा लगाएर पार्टी…

थप

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि विश्वासिलो आधार तयार गर्न सुझाव दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणापछि एमालेमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा बोल्दै नेता बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीलाई छलफल गरेर विवाद टुङ्ग्याउन आग्रह गरे । ‘अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, संसारलाई थाहा छ,’ उनले भने, ‘तपाईँहरूले आपसमा छलफल गरेर राजनीतिक ढङ्गले यो विषय सुल्झाउनुपर्छ, प्राविधिक कुराले होइन ।’ बास्कोटाले दोस्रो पुस्ताका नेताहरूलाई पनि विवाद समाधानमा भूमिका खेल्न आग्रह गरे…

थप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न आग्रह गरेका छन् । एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो आग्रह गरेका हुन् । ‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन् । ‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले दुई ठूला पार्टीबीचको वर्तमान सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार सहज ढंगले अघि बढेको बताए । सोही कारण सत्ता गठबन्धन नटुट्ने उनले जिकिर गरेका हुन् । पार्टीको विधानमा प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ । कांग्रेस नेता डा. शेखर कोइराला संसदीय दलको नेता पनि बन्न नसक्ने उनले ठोकुवा गरे ।

थप

काठमाडौं । ‘मान्छेले पाउँदा के गर्नसम्म पछि हट्दैन’ भन्ने उदाहरण पछिल्लो समय नुकोटको तार्केश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयमा देखिएको छ । विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले जागिर छाडेर विदेश पुगेका लेखापालको दस्तखत प्रयोगगरी विद्यालयको नामबाट बैंकिङ कारोबार गरेको पाइएको छ । आर्थिक अनियमितता गरेको तथ्य बाहिर आएपछि प्रधानाध्यापक अधिकारी विवादमा तानिएका छन् । ६ महिनाअघि राजीनामा दिएकी लेखापाल अनिता तामाङको हस्ताक्षरमा ’स्यालरी सिट’ बनाएर प्रधानाध्यापकले कर्मचारीलाई तलब खुवाएको पाइएको हो । लेखापाल तामाङले गत वर्ष फागुन १ गते पदबाट राजीनामा दिएकी थिइन् । व्यक्तिगत समस्याले गर्दा विद्यालयमा कार्यरत रहन नसक्ने व्यहोरासहितको राजीनामा पत्रमा लेखापाल तामाङले प्रधानाध्यापक अधिकारीलाई सम्बोधन गरेकी छन्…

थप