काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। बैंकको सञ्चालक समितिले उनलाई बर्खास्त गर्ने तयारी थालेपछि उनले स्वेच्छिक राजीनामा बुझाएका हुन्।
न्यौपाने दुई कार्यकालदेखि सिईओको जिम्मेवारीमा थिए र वर्तमान कार्यकालको अझै एक वर्ष बाँकी थियो। उनको राजीनामासँगै बैंकको नेतृत्वमा फेरबदल हुने पक्का भएको छ।
आगामी दिनमा नयाँ सिईओ चयन प्रक्रिया अघि बढाउनेबारे सञ्चालक समितिमा छलफल हुने अपेक्षा गरिएको छ।
Facebook Comments Box