Author: Scoop Khabar

काठमाडौं । हालै पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) हरुलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालय, मन्त्रीस्तरको यही वैशाख १७ गतेको निर्णयअनुसार ११ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख सोहीदिनको निर्णयअनुसार ११ डिएसपी एसपीमा र सचिवस्तरकै निर्णयअनुसार १३ प्रहरी निरीक्षक डिएसपीमा पदोन्नति भएका थिए । पदोन्नती भएका सबै प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा आयोजित हस्ताक्षर अभियानमा सहभागी हुन विराटनगर पुगेका सुनसरीका एक बाल यौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला हुन्। उनी मंगलबार विराटनगरको महेन्द्र चोकमा रास्वपाले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन पुगेका थिए। कार्यक्रम स्थलमै मोरङ प्रहरीले उनलाई पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको हो। कोइरालाविरुद्ध जिल्ला अदालत सुनसरीले बाल यौन दुरुपयोगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै असार ३२ गते २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। तर फैसला…

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी हवल्दार भरत बस्नेत बहुविवाह मुद्दामा फरार भएका छन् । रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थायी ठेगाना रहेका बस्नेतले पोखरा बस्ने मिना बानियाँसँग बहुविवाह गरेको उनकी जेठी श्रीमती सावित्री बस्नेतको दाबी छ । भरत र मिना विगत १७ दिनदेखि फरार रहेको बताइएको छ । दुवैविरुद्ध भक्तपुर प्रहरी परिसरमा जाहेरी परेको र अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको बताइएको छ । प्रहरी परिसर भक्तपुरमा ड्युटीमा रहेको बेलामा मुद्दा दर्ता भएको सुराक पाइ उनी युनिफर्ममै फरार भएको उनको परिवारको भनाइ छ । जाहेरी दर्ता भएको १७ दिन भइसक्दा पनि प्रहरीले खोजी कार्य जारी छ भनेरमा आश्वसनमात्रै दिएर…

थप

काठमाडौं। ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाको २६ साउनसम्म हिरासतमा रहने गरि म्याद थप गरिएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चारै जनाको म्याद थप भएको हो । १४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् । युवराज र राजेन्द्र दुवै जना ठमेलमा गुण्डागर्दीमा संलग्न रहदै आएका छन् । यसअघि पनि…

थप

काठमाडौं । अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ । मङ्गलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशमन्त्री र सचिवहरू सम्मिलित विषयगत समितिको बैठकले २०८२ असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको हो । सबै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूले सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्नेछन् । यातायात व्यवस्था विभागले प्राविधिक सहयोग प्रदान गर्दै गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालित गरेर प्रभावकारी नियमन गर्ने निर्णय भएको छ । यसैगरी, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सम्झौता अनुसार २०८२ भाद्र मसान्तभित्र सवारी चालक अनुमति पत्र…

थप

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित ससुराली गाउँमा कटुवा पेस्तोल देखाउँदै सर्वसाधारणलाई आतंकित बनाउँदै आएका एक युवक पक्राउ परेका छन् । पर्साकै बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठा घर भई हाल ससुरालीमा बसोबास गर्दै आएका ४० वर्षीय साहेब खाँलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । खाँले हातहतियार बोकी स्थानीयवासीलाई डरत्रास देखाउँदै गाउँमा हिँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विर्ताबाट इन्स्पेक्टर निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई आइतबार बेलुका पक्राउ गरेको हो । पक्राउपश्चात उनको खानतलासी गर्दा एकथान कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । हाल खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार…

थप

काठमाडौं । डेढ महिना अघि सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा डकैती गर्ने उद्देश्यले घर पसेको समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गर्‍यो। जेठ २३ गते राति करिव १ बजे भएको घट्नामा ६५ वर्षीय चौधरीले घट्नास्थलमै ज्यान गुमाए। प्रहरीका अनुसार ६ जनाको समूह डकैती गर्न कन्ताललको घरमा पसेको थियो। उनीहरूले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिन खोज्दा कन्तलालले समूहका केहीलाई चिनेको जनाउँदै ‘तिमीहरूलाई चिनेको छु’ भन्दै तर्साउन खोजे। त्यसपछि समूहका एक सदस्यले झोलाबाट पेस्तोल निकालेर उनलाई गोली प्रहार गरे। घटनास्थलमै चौधरीको ज्यान गयो। कन्तलालका भाई ४० वर्षीय रामकान्त चौधरीलाई पनि खुकुरी प्रहार गरी उनीहरुले घाइते बनाए। घरमुलीको हत्या र लुटपाटपछि डाँकाहरूले घरमा रहेका…

थप

वीरगन्ज । मधेस प्रदेशका विभिन्न नाकाहरु हुँदै भइरहेको तस्करीमा सशस्त्र प्रहरीकै संलग्नता रहेको गम्भीर आरोपहरु सतहमा आउन थालेका छन्। सशस्त्र प्रहरी बल मधेस प्रदेश छिनमस्ता बाहिनीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालको प्रत्यक्ष निर्देशनमा सशस्त्र प्रहरी सहायक हवल्दार रोशन मिश्रा र सशस्त्र प्रहरी हवल्दार राजिव यादवले तस्करहरुसँग मिलेमतो गरी मधेसका सबै जिल्लामा तस्करीलाई संरक्षण दिइरहेका छन् । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका सीमा क्षेत्रहरुमा यतिबेला तस्करी खुलेआम बढ्दो छ। सीमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी नै घुमुवाको नाममा तस्करहरूसँग मिलेर महिनावारी रकम उठाउने धन्दामा लागेका छन्। स्रोतका अनुसार, मिश्रा र यादवको सेटिङमा दैनिक लाखौंको तस्करी…

थप

जनकपुरधाम । सावित्री ट्राभल्सको बसमार्फत तस्करीको काजु काठमाडौं पठाउने क्रममा जनकपुरधाममा गरिएको चेकजाँचमा ३० बाल्टिन काजु बरामद भएको थियो । तर, त्यसमा १२ बाल्टिन काजु प्रहरीकै संलग्नतामा गायब पारिएको खुलासा भएपछि धनुषा प्रहरीले छानबिन सुरु गरेको छ । गत असार १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री ट्राभल्सको बसलाई जनकपुरधामको रामानन्द चोकमा गोप्य सूचनाका आधारमा रोकी चेकजाँच गरिएको थियो । जानकी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) चौधरी यादव र घुमुवा टोलीले उक्त बसमा ३० बाल्टिन काजु बरामद गरेका थिए । ती काजु भारतबाट जटही नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको पुष्टि प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।…

थप

सुजन पन्त काठमाडौं । ५ साउनमा प्रहरी प्रधान कार्यालयले आफू मातहतका ब्यूरो, प्रदेश, जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै अदालतले प्रमाणित नगर्दासम्म आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दियो । अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको जतिबेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले नै बताएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘कुनै कसुरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौं ।’ यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार…

थप