काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै जेन–जी आन्दोलनका अगुवाहरू अख्तियारको कार्यालय पुगेका छन् ।
उनीहरूले कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएर राईको राजीनामा माग गरेका हुन् । उनीहरूले हिजो इमेलमार्फत राजीनामा माग गरेका थिए ।
प्रमुख आयुक्त राई वाइड बडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।
Facebook Comments Box
