काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले आफ्नै आमाको हत्या गरेकाे छ।
६३ वर्षीया राममाया कँडेललाई उनका छोरा ३१ वर्षीय यमबहादुरले हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार साँझ करिब साढे ८ बजे आमालाई धारिलो खुडा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङले स्कुपखबरसंग टेलिफोनमार्फत कुरा गर्दै जानकारी दियाे।
हत्या गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनास्थलबाट खुडासहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरीका अनुसार, घटनाको थप अनुसन्धान भइरहेको छ र यमबहादुर कँडेलविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाएकाे छ।
राममायाको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाएको छ ।
आमाको हत्या गरेको अभियोगमा पक्राउ गरेका यमबहादुर गएको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र कृयाकलापबाट सामाजिक सञ्जालमा भिडियो भाईरल भएका थिए ।
‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता शब्द भिडयाेमा बोलेका तीनै युवाले आमाको हत्या गरे ।
