Author: Scoop Khabar

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन् । गत आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सम्झना मृत्यु घटनामा प्रहरीले पूजा भट्टलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले सोही घटनामा श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त र सासू किरणलाई पक्राउ गरिसकेको थियो । अहिले आएर पवनकी दिदी पूजालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले फेला पारेको अडियोमा पूजाले आफ्नै भाइ पवनलाई ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिएकी छन् । पीडित…

थप

मिति : २०८२ साउन २३ गते शुक्रबारस्थान : पशुपति आर्यघाटसमय : दिउँसो २ बजेर ५४ मिनेट जतिबेला काभ्रे बनेपा- ९ का राम शाहीको अन्तिम दासंस्कार भइरहेको थियो । परिवार, आफन्त, साथीभाईलगायत थुप्रै शाहीको दासंस्कारमा सहभागी थिए । कोही भावविहिल अवस्थामा थिए त कोही शाहीको परिवारलाई सान्त्वना दिँदै थिए । शाहीको शव कल्कीको मन्दीरनजिकै २ नम्बर चित्तामा जलिरहेको थियो । उनको शवको अन्तिम दाहसंस्कारको लागि पशुपति क्षेत्र विकास कोषबाट खटिएका घाटे ब्राह्मण गणेश ढकाल थिए भने एक सहयोगी पनि थिए । शाहीको शव जल्दै गर्दा ढकालले शवको केही मासुको भाग निकालेर बट्टामा राखेर सहयोगीलाई दिए । लगत्तै सहयोगी उक्त बट्टामा राखेको…

थप

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, सापतेलमा ११ र ४ वर्षका दिदीभाई मृत अवस्थामा फेला परेका छन्। स्थानीय गोविन्द बस्नेतकी छोरी ११ वर्षीया मनिषा र ४ वर्षीय छोरा मेघराज शुक्रबार मृत फेला परेका हुन्। भीरबाट लडेर उनीहरुको मृत्यु भएको जनाइएको छ। गत साउन २२ गतेदेखि नवराजका दुई छोरी र एक छोरा तथा छिमेकीका तीन छोरी हराएका थिए। आफन्तले खोजी गर्ने क्रममा वडा नम्बर –२ डाँडागाउँस्थित चेपाभीरबाट करिब एक किलोमिटर तल उनीहरुको शव फेला परेको हो। बाँकी चारजना भने सकुशल फेला परेका छन्। परिवारका सदस्यले दुवैको मृत्यु भिरबाट लडेर भएको दाबी गर्दै शुक्रबार बिहानै अन्त्येष्टि गरेका छन्। तर, मृत्युको जानकारी तत्काल…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका छन् । गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजाति÷समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् । यिनै चाडपर्वहरूमध्ये नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्वपूर्ण हो । सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान…

थप

काठमाडौं । मोहमद आदिल आलमलाई काठमाण्डू गोर्खाजले अनुबन्ध गर्न सफल भएको छ । पूर्व राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिललाई भित्र्याउन ८ वटै टोली अधिकतम रकम तिर्न तयार भएका थिए । सबै टोलीले अधिकतम मूल्य तिर्न तयार भएपछि गोलाप्रथाबाट काठमाण्डूले पाएको हो । एनपीएलको जारी अक्सनमा कुनै पनि खेलाडीका लागि अधिकतम मूल्य तिर्न सबै टोली तयार भएको यो नै पहिलो नाम हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले २०८२ वैशाख २१ गते (मे ५, २०२५) देखि लागू हुने गरी उनमाथि लगाइएको प्रतिबन्ध हटाएको थिए । उनलाई २०७९ पुसमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएको थियो । क्यानको…

थप

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–४ जलथलमा कुखुराको पोथीमाथि करणी गरेको आरोपमा ६० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी आफ्नै घरमा पालेको पोथीलाई सुत्ने कोठामा लगेर करणी गर्ने क्रममा रंगेहात पक्राउ परेका हुन् । घटना उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाएसँगै प्रहरी टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा करणीका कारण कुखुराको पोथीको मृत्यु भएको पुष्टि भएको छ । हाल आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुजन्य यौन दुरव्यवहार नेपालको कानुनअनुसार आपराधिक अपराध मानिन्छ, जसमा कैद र…

थप

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६, कुमारी चोकमा स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ । देउरीबाट मुर्कुचीतर्फ गइरहेको स५प ७० नम्बरको स्कुटरको पछाडि बसेकी सिराहाको सुखीपुर नगरपालिका–८ की ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडीको अचानक खसेर मृत्यु भएको हो । उनकै श्रीमान ६८ वर्षीय जगरनाथ साह सुडीले चलाइरहेको स्कुटरबाट खसेर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

थप

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुको साथबाट पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ नगदसमेत बरामद भएको छ । अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले बताए । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कलकत्ताका ४५ वर्षीय मनिकलाल…

थप

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेका छन् । छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।…

थप

काठमाडौं । नेपाली संगीत प्रेमीहरूका लागि एउटा नयाँ सुनौलो उपहार- समिप आचार्यको शब्द र संगीतमा तयार गीत ‘भो यो माया’ भर्खरै सार्वजनिक भएको छ । गायक नारायण सुवेदी ‘आभास’ को मिठो स्वरमा सजिएको यो गीतले नेपाली आधुनिक संगीतमा नयाँ संवेदना र भावनाको छाया छरेको छ । यो गीतले परम्परा र आधुनिकतालाई अनौठो समायोजन गर्दै नेपाली संगीतमा नयाँ स्वाद थपेको छ । सरल, तर गहिरो शब्दावली र सुमधुर संगीत संयोजनले श्रोताहरूको मनमा स्थायी छाप छोड्ने विश्वास गरिएको छ । उदय राज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ–मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा…

थप