काठमाडौं । अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा छापा हानी ४५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार छुट्टाछुट्टै टोली बनाएर नेपालगञ्जस्थित मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारिएको हो ।
स्राेतका अनुसार ती होटलहरूमा अनैतिक कार्य तथा गतिविधि भइरहेको गुनासो प्राप्त भएपछि प्रहरीको संयोजनमा छापा मारिएको हो ।
उक्त क्रममा ३१ महिला र १४ पुरुषलाई नियन्त्रणमा लिइएको छ, जसमा आठ जना भारतीय नागरिक पनि रहेका छन् ।
डीएसपी पातलीका अनुसार होटल सञ्चालकहरूलाई समेत पक्राउ गरि र आवश्यक अनुसन्धान जारी रहेको छ ।
Facebook Comments Box
