काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन्।
गत शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा भएका रानाले आज प्रदेश प्रहरी कार्यालय पुगेर कमाण्ड सम्हालेका हुन्।
पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी अधिकृत–कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
Facebook Comments Box
