Author: Scoop Khabar

आजभोलि नेपालको हरेक प्रशासन क्षेत्रमा तपाईं कुनै काम विशेषले आफ्नो काममा जाँदै हुनुहुन्छ भने आफ्नो कामका लागि त्यस कार्यालयमा तपाईंले कोहि चिनजानको व्यक्ति भए पनि उसले यो/त्यो भनेर बाधाअड्चन खडा गर्छ । तर्दथ कुनै विचौलियामार्फत नोटमा झोक हान्नु भो नि, त्यो काम सम्पन्न भए पश्चात् त्यो फाइल तपाईंको घरको दैलोमै पुग्छ । त्यसैले यसरी बुझ्न पर्यो हिजोआज यस्तै छ यहाँको चलन । नेपाल प्रहरीको काम-कर्तव्य नागरिकको जिउधन र शान्ति सुरक्षा अमनचयन राख्ने हो । तर, गर्विलो इतिहास बोकेको नेपाल प्रहरी नागरिकको जिउधनको सुरक्षामा सदैव तटष्थ रहने संगठन भएपनि संगठनका केही सदस्यहरू नागरिकको जिउभन्दा धनप्रति बढी चासो राख्ने गरेका छन् ।…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दै ११ जनाको पदस्थापन गरेको छ । सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । सरुवामा जिल्ला प्रहरी कार्यालय धादिगंमा भेषराज रिजालको सरुवा भएको छ । यस्तै टेक बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ सरुवा गरिएको छ भने सरोज पौडेलको जिल्ला प्रहरी कार्यालय बर्दीया सरुवा भएको छ । गत साता बढुवा भएकाहरु ११ जनालाई पनि जिम्मेवारी तोकिएको हो ।

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४१ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गर्दै १३ जनाको पदस्थापन गरेको छ । सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । गत साता बढुवा भएकाहरु १३ जनालाई पनि जिम्मेवारी तोकिएको हो । को को सरुवा भए? कस्को कहाँ पदस्थापन भयो ?

थप

काठमाडौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ । नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सुरुवा भएको थियो । उनी त्यहाँ नगएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए । मन्त्रायलले पौडेललाई ५१ दिन गैलकट्टी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले बासी भात खुवाएको भन्दै आफ्नो खाना पकाउने भान्से शंकर कार्कीलाई कुटपिट गरेको आरोप लागेको छ । जसले गर्दा डिएसपी खरेलको आलोचना भइरहेको छ । डिएसपी खरेलले कुट्दै थिए, पछि सोही कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुपेश साहले पनि आएर कुट्न थालेको कार्कीले आरोप लगाएका छन् । जसले गर्दा इन्स्पेक्टर साहको पनि आलोचना भइरहेको छ । हेटौंडा रातमाटेमा दरबन्दी रहेको कार्यालय सहयोगी कार्की साउन ६ गते काज सरुवामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक हाजिर भएका थिए । डिएसपीले बासी भात खुवाएको भन्दै कार्कीले आफूलाई कुटपिट गरेर जागिरबाट निकालेको सूचना मिडियालाई दिएपछि घटना…

थप

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सभापति खतिवडाले समितिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। संघीय निजामती सेवा विधेयकमा छेडखानी भएपछि सभापति खतिवडामाथि नैतिक दबाब दिइँदै आएको थियो। कांग्रेसकै सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो। कांग्रेसका शीर्ष नेतृत्वले पनि सभापति खतिवडालाई राजीनामा गर्न आग्रह गरेको बताइएको छ। पार्टीले नै आग्रह गरिसकेपछि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेस नेताहरूले बताएका छन्। उक्त विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी भएको थियो। कुलिङ अफ पिरियडमा दुई वर्षे प्रावधान राख्ने समितिमा सहमति भए पनि संसदमा…

थप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ‘नेप्से एआई’ नामक एप प्रयोग नगर्न आग्रह गरेको छ । हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गरी सेयर बजारको विश्लेषण गरेर बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको भन्दै ब्यूरोले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको हो । ब्यूरोका अनुसार पीडितलाई उक्त एप डाउनलोड गराएपछि ‘रिमोट सेसन’ खोली मोबाइलमा पहुँच प्राप्त गरिन्छ । त्यसको केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिन्छ । यस्तै, पैसा चोरी भइसकेपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा र एपहरू समेत मेटाइदिने गरिन्छ । केही दिनयता फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमार्फत शेयर बजारको विश्लेषण गरी बढी…

थप

काठमाडौं । पर्साको वीरगन्ज कारागारमा सजाय भोगिरहेका एक कैदीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहा छन् । कर्तव्य ज्यानको मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका तुराहा २०७९ सालदेखि वीरगन्ज कारागारमा थिए । मंगलबार बिहान करिब सवा ८ बजे कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा उनी अचानक अचेत भएका थिए । प्रहरी र कारागारका स्वास्थ्यकर्मीले तुरुन्तै उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, तुराहालाई अस्पताल पु¥याउँदा मुखबाट रगतसहितको फिज निस्किरहेको र रक्तचाप शून्य थियो । प्रारम्भिक परीक्षणमा उनको अवस्था अति…

थप

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२, मा मंगलबार बिहान ढेँडु खोलामा नुहाउने क्रममा दुई बालक दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेहरू स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांश छन् । खोलाको पानीमा तैरिरहेको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरी ठोरी स्वास्थ्य चौकी पु¥याएका थिए । त्यहाँ जाँच गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय ठोरीका असई मुन्ना साहको कमाण्डमा रहेको टोली र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

थप

अथाह जलको छाती चिर्दै,गहिराईका रहस्यहरू टिप्दै । अक्सिजन भन्दा ठूलो बोकेर निष्ठा,गोताखोर सेवा बढायौ प्रतिष्ठा।। जीवन जोगाउने अभियान हौ तिमी,सशस्त्र प्रहरीको स्वाभिमान हौ तिमी। अन्धकार भित्रको जागृत दृष्टि हौ तिमी,हराएको आशा खोज्ने अदम्य शक्ति हौ तिमी ।। ४० मुनिका ४० मध्येका रमेश थापा जलवीर हुन् ।सिलसिलेवार सूची हैन समर्पणको प्रमाण हुन् ।। अविराम मानवताप्रति सलाम छ तिमीलाई ।गर्व साथ, बधाई भनौं जलमुनीका वीर रमेशलाई ।। लेखक पुष्पराम केसीसशस्त्र प्रहरी बल, नेपालका पूर्व महानिरीक्षक ।

थप