काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन्।
७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दुःख व्यक्त गरे।
गृहमन्त्री अर्यालले भने, ‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन। नागरिक जीवनलाई समेत प्रभाव पारेको छ। सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ।’
अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे।
Facebook Comments Box
