धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीको आयोजनामा यस सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ७०औं प्रहरी दिवस २०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रदेश प्रहरी कार्यालय कंञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाही, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र, सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र बहादुर चन्द, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम शाही, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा पुर्व प्रहरीहरू, अमर प्रहरीका आश्रित परिवारजन तथा प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढी, कैलालीका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गको शुभ-कामना सन्देश बाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि ज्यूबाट सुदूरपश्चिम प्रदेश अन्तर्गतमा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो भने ७० औं प्रहरी दिवस २०८२ को अवसरमा आयोजित ब्याटमिन्टन र फुटबल प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमका खेलाडीहरुलाई समेत पुरस्कार वितरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिज्यू तथा बिशिष्ठ अतिथि ज्यूहरुले ७०औं प्रहरी दिवसको अवसरमा आ-आफ्नो शुभकामना मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।
अन्त्यमा नेपाल प्रदेश प्रहरी कार्यालय कंञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाहीले आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात उक्त कार्यक्रम समापन भएको थियो ।












