Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस तत्काललै केपी ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने बताएका छन्। यो संकटको घडिमा कांग्रेस सरकारबाट बाहिरिनुको विकल्प नभएको बताए। उनले भने, ‘संकट समाधानको लागि २०४६ पछिका राजनीतिक नेता, राजनीतिक नियुक्ति पाएका तथा राष्ट्रको सुबिधा लिएका राष्ट्र सेवकहरुको सम्पत्ति छानविन गरी भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने शक्तिशाली आयोग बनाउनु पर्दछ ।’ कांग्रेसका मन्त्रीहरु अहिले सामूहिक छलफलमा छन्।
काठमाडौं । फ्रान्समा प्रधानमन्त्री फ्रान्स्वा बायरूको सरकार ढलेको छ । सोमबार सांसदहरूले विश्वासको मतमा बायरूलाई ३६४–१९४ को भारी मतान्तरले सत्ताबाट हटाएका हुन् । यो युरोपको दोस्रो ठूलो अर्थतन्त्रका लागि नयाँ संकट भएको बताइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई १२ महिनाभित्र चौथो प्रधानमन्त्रीको खोजी गर्नुपर्ने भएको छ । बायरू नौ महिनासम्म पदमा रहेका थिए । फ्रान्सको ऋण तिर्न सार्वजनिक खर्चमा कटौती गर्ने आफ्नो योजनाको समर्थन गर्ने अपेक्षा गरेका फ्रान्स्वा बायरू सोही प्रस्तावका कारण पद गुमाएका हुन् । बायरूको अल्पकालीन सरकारको पतनले फ्रान्सका लागि नयाँ अनिश्चितता र लामो गतिरोधको जोखिमको संकेत गरेको छ । अहिले फ्रान्स बजेटको कठिनाइ तथा युक्रेन र गाजामा…
काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिक रहेको प्रहरी बिटमा पनि आगजनी गरेका छन् । प्रहरी बिटमा आगो लगाएर एउटा समूह प्रचण्डको निवासतर्फ अघि बढेको छ । त्यहाँ प्रदर्शनकारीहरूले गेट तोडफोड गरेका छन् । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिनका लागि तयारी अवस्थामा रहन आफू पक्षका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जेन–जी प्रदर्शन हिंसात्मक भएपछि कांग्रेस सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको उनी निकट एक नेताले जानकारी दिए। कोइरालाले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारीलाई राजीनामा दिन निर्देशन दिएका हुन्। यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ। एक साताका लागि चीन भ्रमणमा गएका कोइराला भ्रमण छोट्याएर फर्कन लागेका छन्। यसअघि सोमबार रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताएका थिए। जेनजी पुस्ताको प्रदर्शनमा…
काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका हुन् ।
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन् । उनले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन् । मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख…
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब राजीनामा नदिए नेपाली कांग्रेस सरकारबाट फिर्ता हुने प्रष्ट पारेका छन् । महामन्त्री थापाले भनेका छन्– ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।
काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की खटिएका छन् । सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी रानालाई हटाइएको हो ।