काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली जेलबाट छुटेका छन् । २०७५ असोजदेखि कारागारमा रहेका उनी सोमबार कारागार कार्यालय डिल्लीबजारबाट थुनामुक्त भएका हुन् ।
गुल्मीको थानापति घर भएर ललितपुर उपमहानगरपालिका–५ बस्दै आएका ज्ञवालीलाई अदालतले किर्ते, जालसाजी र बैकिङ कसुर सहित ४ वटा भन्दा बढी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला गरेको थियो ।
सर्वोच्च अदालतको पत्र आदेश अनुसार उनलाई थुनामुक्त गरिएको कारागारका एक अधिकृतले बताए ।
Facebook Comments Box
