विराटनगर । मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो भने मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-००२-००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका प्रतिबन्धित लागू औषध ट्याब्टेल १७९ वटा र एम्पुल ६ वटा सहित कटारी नगरपालिका-७ का किरण नेपालीलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका सबै जना माथि अनुसन्धान भई रहेको छ ।
