काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन्।
आईजीपी नियुक्त भएपछि पहिलोपटक प्रदेश भ्रमणमा आएका कार्कीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अधिकृत तथा जवानलाई निर्देशनात्मक ब्रिफिङ दिए।
सम्बोधनका क्रममा कार्कीले प्रहरीमा अनुशासन, प्रतिबद्धता र व्यावसायिकता मजबुत बनाउँदै उत्कृष्ट कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिए। स्रोतका अनुसार उनले प्रहरी संगठनलाई सुधार र सुदृढीकरणतर्फ उन्मुख गराउन सबै तहका प्रहरीलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।
उनको पहिलो प्रदेश भ्रमणले सुदूरपश्चिममा प्रहरीको कार्यशैली र अनुशासनमा थप सुधार हुने अपेक्षा राखिएको छ।
Facebook Comments Box
