Author: Scoop Khabar

काठमाडौं । सोमबारदेखि सुरु भएको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि कायम थियो । तर, मंगलबारको आन्दोलनमा सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई कुनै रोकथोक गरेनन् । सोमबारको आन्दोलनलाई नियन्त्रणमा लिन खोज्दा १९ जना सर्वसाधरणहरुको अनाहकमा ज्यान गएको थियो । त्यसैलाई मध्यनजर गर्दै मंगलबारको आन्दोलनमा सुरक्षाकर्मीहरु प्रदर्शनकारीको गतिवधि हेर्न बाहेक अरु केही गर्न खोजेनन् । जसको कारण थियो, माथिबाट त्यस्तै आदेश निर्देशन भएको थियो । तर, सुरक्षाकर्मीहरुले आन्दोलनलाई हस्तक्षेप नगरेपनि प्रदर्शनकारीले भने प्रहरी कार्यालयदेखि सुरक्षाकर्मीसम्मलाई टार्गेट बनाइरहे । सोहीक्रममा मंगलबार दिउँसोको समयमा एउटा समूह प्रहरी वृत्त महाराजगञ्ज पुग्यो । पुग्नेबित्तिकै प्रहरी कार्यालय तोडफोडमा निस्कियो र आगजनीको प्रयास गर्यो…

थप

काठमाडौं । मुलुकभरको सुरक्षा अवस्था केही संवेदनशील बनेसँगै देशभरका सम्पूर्ण प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई तत्काल आफ्नो कार्यालयमा सम्पर्कमा रहन निर्देशन दिइएको छ। नेपाल प्रहरीका अनुसार पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था र विध्वंसात्मक गतिविधिका कारण सम्पूर्ण सुरक्षाकर्मीलाई सतर्क रहन र तत्काल खटिन सक्ने तयारी गर्न आदेश दिइएको हो। ‘सुरक्षा संवेदनशीलताको मूल्याङ्कनका आधारमा सबै प्रहरीलाई आ–आफ्नो कार्यस्थलमा सम्पर्कमा रहन र आवश्यकता परे खटिन तयार हुन भनिएको छ,’ प्रहरी स्रोतले जनाएको छ। जेनजीको आन्दोलनमा अधिकांश प्रहरी बिटदेखि कार्यालयहरु आगजनी हुनुकासाथै त्यहाँ कार्यरत कर्मचारी ज्यान जोगाउन अन्तै गएको हुनाले आजदेखि कार्यालयमा सम्पर्क भई उपस्थित हुन निर्देशन गरिएको हो । यसअघि…

थप

काठमाडौं । देशभर अराजक गतिविधि नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरू परिचालन भएपछि राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा ठूलो मात्रामा हतियार र नगद बरामद हुनुका साथै २७ जना पक्राउ परेका छन्। सुरक्षा निकायका अनुसार २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत लुटपाट, आगजनी र जनधनको क्षति गर्ने उद्देश्यले विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। सुरक्षा स्रोतका अनुसार, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ। साथै राजधानीका विभिन्न स्थानमा भएको आगजनी…

थप

काठमाडौं । जेएनजीले सुरु गरेको आन्दोलनको दोस्रो दिनमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मिलन राईसहित ८ प्रहरीको ज्यान गएको छ। राजधानीमा भएको यस घटनाले मुलुकभर सुरक्षा चुनौती थपिएको छ। स्रोतका अनुसार महाराजगञ्ज वृत्तमा कार्यरत ५ जना र कोटेश्वर प्रभागमा खटिएका ३ सुरक्षाकर्मीको ज्यान गएको हो। प्रदर्शनकारीहरुको कुटपिट र आगलागीबाट उनीहरुको मृत्यु भएको बताइएको छ । आन्दोलनमा परी निधन हुनेहरुमा एकजना असईबाहेक बाँकी सबैजना जवान-हवल्दार रहेको पाइएको छ । उता आन्दोलनकारी पक्षले भने सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेर आम नागरिकलाई आक्रान्त बनाएको आरोप लगाएको छ। घटनापछि काठमाडौं उपत्यका र अन्य संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ। सडकहरूमा व्यापक संख्यामा नेपाली…

थप

काठमाडौं । नेपालमा सोसल मिडिया प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन अहिले व्यापक भ्रष्टाचारविरोधी अभियानमा परिणत हुँदै हिंसात्मक स्वरूप लिएको छ। यस आन्दोलनको चपेटामा परेर प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार ओली दुबई भाग्ने तयारीमा छन्। सरकारले सोशल मिडिया प्रतिबन्ध फिर्ता लिएको भए पनि प्रदर्शनकारीहरू अझै सडकमै छन्। राजधानीका सडकहरूमा ‘केपी चोर, देश छोड’ जस्ता नारा गुञ्जिरहेका छन्। मंगलबार प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री ओली र अन्य मन्त्रीहरूको निजी आवासमा तोडफोड गरेर आगजनी गरे। सत्तारूढ दलका एक नेताको स्वामित्वमा रहेको काठमाडौंको चर्चित हिल्टन होटल पनि भीडले जलाएको छ। २०२४ मा बंगलादेश र २०२२ मा श्रीलङ्कामा देखिएको दृश्य…

थप

काठमाडौं । ‘जेनजी आन्दोलन’का कारण तीव्र बनेको राजनीतिक दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। पद छाडेपछि उनी राजधानी नजिकैको शिवपुरी जङ्गलमा नेपाली सेनाको कडा सुरक्षा घेराबन्दीमा बसिरहेको उच्च स्रोतले जनाएको छ । आन्दोलन चर्किएसँगै राजनीतिक वातावरण अस्थिर बन्दै गएपछि ओलीले राजीनामा दिन बाध्य भएको बताइन्छ। पद त्यागेपछि उनी कुनै सार्वजनिक कार्यक्रम वा राजनीतिक गतिविधिमा नदेखिएका कारण उनी शिवपुरी पुगेको पुष्टि भएको हो। नेपाली सेनाले पूर्व प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै विशेष निगरानीमा राखेको बताइएको छ। सेनामार्फत् आवश्यक दैनिक सामग्री पुग्ने गरे पनि ओली सार्वजनिक सम्पर्कमा नरहेको स्रोतले जानकारी दिएको छ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संल्गन भएको घोषणा गरेका छन् । उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको जनाएका छन् । शाहले आजबाटै जेनजी आन्दोलनमा सहभागी हुने घोषणा पनि गरेका छन् ।

थप

काठमाडौं । आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्। समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्। जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका दिवाकार भट्टले लेखेका छन्, ‘डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं।’ उनले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।

थप

काठमाडौं । जेन–जीको आन्दोलनलाई सरकारले दमन गरेको विरोधमा आज देशभरि प्रदर्शन भइरहेको छ । सो क्रममा प्रदर्शनकारीहरू राजनीतिक दलका निवासहरूलाई लक्षित गरेर आक्रमण गरिरहेका छन् । सोही क्रममा हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको नैकापस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् ।

थप

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यस्तै रमेश लेखकले समेत गृहमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

थप