Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । जसमा ४५८ आवेदनमा कसूर उल्लेख भई वितरण गरिएको छ । सो अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्‍त भएका थिए । तीमध्ये १ लाख ३० हजार ४ सय २९ वटा आवेदन रद्द भएका थिए भने २ हजार २ सय ६१ आवेदन कार्यान्वयनको क्रममा छन् । हाल दैनिक ६ हजार देखि ५ हजार ५ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार ५ सय प्रमाणपत्र दैनिक उपलब्ध…

थप

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ। गृह मन्त्रालयले तीनै जनालाई पछुवा गाडीसहित थप सुरक्षा दिने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइसकेको छ। पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र शीर्ष नेताबीच भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरूले चुनावका लागि सुरक्षा वातावरण नबनेको र आफ्ना सुरक्षाकर्मी फिर्ता लगिएको गुनासो गरेका थिए। प्रधानमन्त्री कार्कीले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले तयारी थालेको हो। यसअघि असोज २३ गते केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गरिँदा प्रचण्ड र ओलीको सुरक्षा टोली ठूलो संख्यामा…

थप

म बर्दी लगाउँछु। त्यही बर्दी, जसलाई देखेर नागरिक ढुक्क हुन्छन्। तर म भित्र-भित्रै कति पटक भाँचिएको छु। त्यो बर्दीले कहिल्यै देखाउन सकेन। म नेपाल प्रहरीको हवल्दार हुँ। तर आज यो पद गर्वभन्दा पनिभारी बोझ बनेको छ। मैले तस्करीविरुद्ध लड्न खोजेँ। सीमामा खुलेआम हुने अवैध कारोबार, लागूऔषध, खाद्यान्न, होटल र कमिसनको खेल सबै भत्काउन खोजेँ। तर तस्करभन्दा खतरनाक मैले आफ्नै संगठनभित्र भेटेँ। जब म अडिएँ, त्यही दिनदेखि म शत्रु भएँ। तस्करको होइन- आफ्नै बर्दीधारीहरूको। माथिबाट आदेश आयो- बेनामी उजुरी। न प्रमाण न सुनुवाइ। सात दिन म नजरबन्द भएँ। अपराधीझैँ,तर मेरो अपराध के थियो? इमान्दार हुनु? त्यसपछि सुरु भयो सजाको यात्रा। कहिले…

थप

गणेश विक, काठमाडौं । अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् । चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘SMC’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए । यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के.सी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ३० ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय PADALA भन्ने VEERA VENKATA SUBRAMANYAM गए राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF र YASIN ABDULLA लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ । कैलाली, गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खैरो…

थप

वीरगन्जको प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको प्रमुख बजार तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाअनुसार बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावरहाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा तोकिएका क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। धनुषामा मस्जिद तोडफोड गरिएको घटनाको विरोधमा वीरगन्जमा तनावको स्थिति सिर्जना…

थप

ओखलडुंगा । हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र सोही गाउँपालिका-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँस्थित किराना पसल संचालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकै श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको गत मंगलबार हत्या गरी नगद १ लाख रूपैयाँ तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय…

थप

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय बिजय गुरूङ रहेका छन् । पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको…

थप

काठमाडौं । ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा पीडितलाई ज्यान मार्ने उद्देश्यले पुस ६ गते फलामको लेजर लाईट र नकले प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

थप

काठमाडौं । बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट व्यापक रूपमा चोरी–तस्करी भइरहेको सुचना प्राप्त भएको छ। सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका डीएसपी कमाण्डमा गुल्म स्थापना गरिएको भए पनि यही गुल्म मातहतका नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान तस्करी हुने गरेको स्रोतको दाबी छ। गुल्मको नेतृत्व सशस्त्र प्रहरी बलका डीएसपी दिपेन्द्र गौलीले गरिरहेका छन्। गुल्म मातहत ६ वटा बिओपी तथा केही फरवार्ड बेस सञ्चालनमा छन्। कण्डपुरस्थित गुल्म मातहत फुटाहा , सानुडाँफे , जमुनी, गणेशपुर . कालाबन्जरा र कट्टी लगायतका बिओपी तथा फरवार्ड बेस रहेका छन् । यीमध्ये जमुनी, कालाबन्जरा र कट्टी बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको…

थप