Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । नेपालको संविधान २०७२ को धारा ५६ ले नेपालको शासकीय संरचनालाई संघ, प्रदेश र स्थानीय सरकार गरी तिन तहमा अधिकार विभाजन गरेको छ । स्थानीय सरकारलाई नेपालको संविधानले सशक्त शासकीय इकाइका रुपमा परिकल्पना गरेको हो। संविधानले स्थानीय तहको एकल अधिकारलाई संविधानको अनुसूची ८ मा विभिन्न २२ वटा बिषय तोकेको छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेपछि राज्यको पुन:संरचना गर्ने संन्दर्भमा ७५३ स्थानीय सरकार र ७७ जिल्ला समन्वय समितिको संरचनालाई स्वीकार गरिएको छ । स्थानीय सरकार अन्तर्गत ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गाउँपालिकाहरु रहेका छन् ।सरकारले अघि सारेका नीति–कार्यक्रम र तिनको कार्यान्वयन…
काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ केशरमहल चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने दोलखा घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ बस्ने दोलखा घर भएका २८ वर्षीय देबेन्द्र लामा रहेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, कौडेना गाउँपालिका-२ नहरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित हरिवन नगरपालिका-२ अत्रौली बस्ने…
काठमाडौं । सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मनीष थापा नियुक्त भएका छन्। यसअघिका सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालीदास धौवजी अनिवार्य अवकाशमा गएपछि थापालाई प्रवक्ताको जिम्मेवारी आज दिइएको हो।
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार राजन गौतमलाई हराउँदै निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मनिसा चम्लागाइ निर्वाचित भएका छन् । उपाध्यक्षमा उनीबाहेक गोकर्ण अधिकारी र बिनोद कुमार सापकोटाले पनि उम्मेदवारी दिएका थिए । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल चयन भएकी छन् । सचिवमा अर्जुन लामिछाने चयन भएका छन् । सह–सचिव (खुला) मा विष्णु प्रसाद सापकोटा र सह–सचिव (जनजाति) मा फुर्वा शेर्पा भने निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै कोषाध्यक्षमा भूलबहादुर राना ‘निशान’ पनि निर्विरोध विजयी भएका…
वीरगंज । सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको संरक्षणमा पर्सामा ठुलो मात्रामा तस्करी सूचारु भएको छ। सशस्त्र प्रहरी बल, नेपालका प्रमुख एवम महानिरीक्षक ( आईजीपी) राजु अर्यालले सीमा सुरक्षा सुदृढ पार्न र तस्करी नियन्त्रण गर्न र घुमुवाहरु परिचालन नगर्ने बारम्बार निर्देशन दिँदै आए पनि, पर्सा जिल्लामा केही उच्च अधिकारी र कर्मचारीको संलग्नतामा घुमुवाहरु मार्फत रकम असुलीले तस्करी फस्टाउँदै गएको छ। स्रोतका अनुसार, बदलिँदो सुरक्षा चुनौती र राजस्व चुहावट रोक्न वरिष्ठ उपरीक्षक (एसएसपी) लाई मुख्य सीमा नाकामा खटाएको भए पनि पर्सा नाकाबाट तस्करी रोक्न सशस्त्र प्रहरी असफल भएका छन्। मधेस प्रदेश अन्तर्गत, सशस्त्र प्रहरी बल नेपाल नं ८ गण, धनुषा र…
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले १०० वटा पिकअप पट्रोल भ्यान खरिद प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरीले टेन्डर आह्वान गरिसकेको छ भने मंसिर ७ मा बिड खुल्नेछ। यसअघि ८५ गाडी खरिदका लागि टेन्डर आह्वान भएको थियो। त्यसमा ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय स्कर्ट भ्यान खरिदको ठेक्का क्रमशः अग्नि इन्कर्पोरेट र सीजी मोटर्सले पाएका छन्। महिन्द्राको स्कोर्पियो पिकअप भ्यान प्रतिगोटा करिब ४२ लाखभन्दा कम मूल्यमा सम्झौता हुने भएकाले १५ दिनभित्र नै सम्झौता सक्ने तयारी भएको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनमा १८२ वटा प्रहरी सवारी आगजनीमा परेपछि…
काठमाडौं । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । १९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीले जानकारी दिए। प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो। उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीको टोली मोरक्को प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा यही मङ्सिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआइजी अधिकारीसहितको टोली आज साँझ त्यसतर्फ प्रस्थान गरेको हो । एआइजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्कासमेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । चार दिनसम्म सञ्चालन हुने महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीति निर्माणका प्रक्रियाबारे सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । यस्तै, इन्टरपोलको कार्यकारिणी समितिका विभिन्न रिक्त पदका लागि निर्वाचन र मतदानसमेत हुने…
काठमाडौं । झापाको दहिझोडा सामुदायिक वनमा मृत भेटिएका सरोज शर्माको हत्याबारे अनुसन्धान गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भिलझिलेका इन्चार्ज समेत रहेका सुभाष केसीलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । गत कात्तिक ९ मा अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडामा मृत भेटिएका शिवसताक्षी नगरपालिका–१० बस्ने ३३ वर्षीय सरोज शर्माको हत्याबारे इन्स्पेक्टर केसीले अनुसन्धान गरेका थिए । इन्स्पेक्टर केसी नेतृत्वको टिमले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । शर्मालाई अपहरण गरेर जङ्गलमा लगेर हत्या गर्ने २७ वर्षीय सुनिल साह र साहका भाञ्जा पर्ने २३ वर्षीय राहुल साहलाई प्रहरीले कार्तिक १४…
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको निर्वाचन आज हुने भएको छ। आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो। अध्यक्षमा लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ र राजन गौतमबीच प्रतिस्पर्धा हुनेछ। श्रेष्ठ नेपाल सन्देश डटकमका प्रधान सम्पादक समेत हुन् भने हाल महासंघका उपाध्यक्ष पनि हुन्। यस्तै श्रेष्ठका प्रतिस्पर्धी गौतम महासंघका वर्तमान सचिव हुन्। त्यसैगरी, खुल्ला उपाध्यक्षमा मनिषा चम्लागाईं, गोकर्ण अधिकारी र बिनोदकुमार सापकोटा गरी तीन जना उम्मेदवार छन्। यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल र सजिना मोक्तानबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै सचिवमा अर्जुन लामिछाने र विश्वास आचार्य प्रतिस्पर्धामा छन्। सह–सचिव (खुला) मा विष्णु प्रसाद…