पर्सा । मा बच्चादानी र एपेन्डिक्सको अप्रेसनका क्रममा चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै एक महिलाको मृत्यु भएपछि परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन्।
मृतक लाई अप्रेसनका लागि अस्पताल लगिएको र अप्रेसनपछि होस नआएको उनका श्रीमान् ले बताएका छन्। उनका अनुसार अप्रेसन गर्ने चिकित्सक ले सुरुमा १२ घण्टाभित्र होस आउन सक्ने र कहिलेकाहीँ २४ घण्टा लाग्न सक्ने भन्दै परिवारलाई आश्वासन दिँदै आएको आरोप लगाइएको छ। तर, अप्रेसनपछि बिरामी बेहोस अवस्थाबाट होसमा नआएको परिवारको भनाइ छ।
परिवारका अनुसार पछि ले पुनः जाँच गरे पनि बिरामीको अवस्थामा सुधार नआएपछि अन्ततः मृत्यु भएको हो।
घटनापछि मृतकका आफन्त तथा स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, अप्रेसन प्रक्रिया र उपचारमा भएको सम्भावित लापरबाहीबारे निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
अस्पताल प्रशासनले भने घटनाबारे आन्तरिक रुपमा बुझ्ने काम भइरहेको जनाएको स्रोतले बताएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तराई हस्पिटलमा अप्रेसनका क्रममा चिकित्सकको लापरबाही आरोप, एक महिलाको मृत्यु — छानबिनको माग
Facebook Comments Box
