काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को जिम्मेवारी हेरफेर गरिएको छ ।
ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इनस्पेक्टर शेखर शाहलाई जनसेवा प्रभागमा सरुवा गरिएको छ ।
ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत अनुप अधिकारीलाई बसपार्कमा कामकाज गर्नेगरी काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । दुवै इन्स्पेक्टर प्रभाग इन्चार्ज हुन् ।
Facebook Comments Box
