वीरगन्ज ।नेकपा एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले वीरगञ्ज–१६नागवामा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले “सम्पर्क कार्यालयले मतदाता भेटघाट, घरदैलो र अन्य चुनावी गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुर्याउनेछ। यस मार्फत हामी जनता र उम्मेदवार बीचको संवादलाई थप सुदृढ बनाउने प्रयासमा छौं।” उनले मतदातासँगको प्रत्यक्ष संवाद र समस्या बुझ्ने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगंज निर्माणको लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको बताए । नागवाबासीको सक्रिय सहभागिता, सुझाव र साथ–सहयोगले हाम्रो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएको बताए।
