Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सरकारको प्रवक्ता तोकिएका छन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि सरकारका प्रवक्तामा जगदीश खरेल थिए। उनी सञ्चार, सूचना तथा प्रविधि मन्त्री थिए। चुनाव लड्न राजीनामा दिएसँगै प्रवक्ताको जिम्मेवारी अर्याललाई दिइएको हो।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाइएको छ। पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। साथै सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ। विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति कुपन्डोल र नयाँ बानेश्वरमा बसेको थियो। केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति गगन थापालाई घोषणा जाने निर्णय गर्नेछ। फागुन २१ गते हुने प्रतिनिधि सभा…
दाङ । नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाट, काठमाडौँबाट सरुवा भई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा आएका डीआइजी खत्रीको स्वागत तथा कार्यालय प्रमुखको पदभार ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ अधिकारी, विभिन्न इकाइ प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। पदभार ग्रहणपछि डीआइजी खत्रीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा आफू प्रतिबद्ध भएर काम गर्ने बताए। उनले प्रदेशको सुरक्षा अवस्था थप सुदृढ बनाउँदै प्रहरी संगठनलाई अनुशासित, व्यावसायिक र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त…
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। केही दिनअघि मात्र सरुवा भई विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी पाएका एसएसपी रजौरे आज कार्यालयमा उपस्थित भई कार्यभार ग्रहण गरेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार उनलाई नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालबाट विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको हो। कार्यभार ग्रहणको अवसरमा आयोजित कार्यक्रममा डिएसपी ढुण्डिराज न्यौपानेले एसएसपी रजौरेलाई स्वागत गरेका थिए । जिम्मेवारी सम्हालेपछि रजौरेले प्रहरी अधिकृत तथा जवानहरूलाई नवनियुक्त कार्यालय प्रमुख रजौरेले विमानस्थल सुरक्षा संवेदनशील र…
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोशन दानीले भावुक सन्देशसहित आफ्नो चुनावी यात्राको औपचारिक घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देशप्रतिको माया, त्याग र बलिदानीको स्मरण गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। दानीले आफ्नो सन्देशमा ७४ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘यी कलिला सहिद र राष्ट्रका सपना बोकेर आजबाट मेरो यात्रा सुरु भएको घोषणा गर्दछु। हाम्रै उमेरका सपना, देशप्रतिको माया र त्यागको स्मरणसहित ७४ जनाको बलिदानीलाई सलाम गर्दै यो यात्रा थालेको हुँ।’ देशको वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दानीले आफू कुनै व्यक्तिगत स्वार्थ, लाभ वा लस्करका लागि…
काठमाडौं । हाम्रो समाजमा अझै पनि महिलालाई कमजोर ठान्ने सोच जीवितै छ । ‘महिलाले के नै गर्न सक्छ र ?’ भन्ने मानसिकता कायमै छ । तर, यही सोचलाई चुनौती दिँदै नेपाल प्रहरीले देशकै सबैभन्दा संवेदनशील मानिएको जिल्ला झापाको कमाण्ड एक महिला प्रहरी अधिकृतलाई सुम्पिएको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले झापाको प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारी बसुन्धरा खड्कालाई दिएका छन् । खड्का प्रहरी संगठनभित्र निडर, क्षमतावान र परिणाममुखी कमाण्डरका रूपमा परिचित छिन् । चुनावी झापामा किन बढ्यो चुनौती ? झापामा पाँचवटा निर्वाचन क्षेत्र छन् र सबै क्षेत्रमा हेविवेट नेताबीच कडा प्रतिस्पर्धा हुँदैछ । त्यसमा पनि…
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ। यस सेलमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अफवाह फैलाउने, गलत सूचना प्रवाह गर्ने र निर्वाचन प्रक्रिया प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्ने काम गरिने बताइएको छ। मंगलबार गृहमन्त्री ओमप्रकाश आर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेले साइबर सेलको सुरुवातको जानकारी दिएका हुन्। उनीहरूका अनुसार निर्वाचन आयोगसँग समन्वय गर्दै डिजिटल माध्यममा देखिने शंकास्पद गतिविधिको निगरानी, नियमन र नियन्त्रण गर्न सेल सक्रिय गरिएको हो। साइबर सेलले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा देखिने अफवाह, भ्रामक सूचना र निर्वाचन केन्द्रित अनुचित गतिविधि…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न कडा निर्देशन दिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले निर्वाचनको संवेदनशीलता बुझेर काम गर्न आग्रह गरेका हुन् । महानिरीक्षक कार्कीले आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्न सूचना सङ्कलनमा जोड दिँदै कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्न भनेका छन् । त्यस्तै, फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई थप तीव्र…
काठमाडौं । नेपाल प्रहरीका पदोन्नति प्रहरी उपरीक्षक (एसपी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका १६ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती छन् । यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा समितिले पुस २८ मा गरेको…
युवा नेता राकेश सहनीले पर्सा २ बाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेको छन् । जेन्जी पुस्ताका युवा नेता सहनीले आफ्नो समर्थकको साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन्। जेन्जी अन्दोलनले देश वैकल्पिक शक्तिका रुपमा उदाउदै गएकोले नयाँ अनुहारलाई रुचाउँदै आएकोले सहजै आँफूतिर मतदातालाई तान्ने आकलन गर्न थालिएको छ।