काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन्।
सोमबार सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले उनालाई फेरि कांग्रेसमा स्वागत गरेका हुन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः पुरानै पार्टीमा फर्किएका हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए।
मकवानपुरको मनहरी गाउँपालिकाका पराजुलीले पश्चिमी मकवानपुरको मत तान्न सफल भएका थिए। तर विजयी भने भएनन्।
आउँदो प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाबाट उनले टिकट पाउने पक्कापक्की जस्तै थियो। तर बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीले टिकट उम्काएपपछि उनी असन्तुष्ट थिए।
रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको उनको भनाइ छ।
