Author: Scoop Khabar

काठमाडौं । पाल्पामा प्रहरीले ६० क्वीन्टल युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको छ ।

थप

टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको दोस्रो अधिवेशन आयोजना हुँदैछ। आगामी डिसेम्बर ७ तारिख आइतबार टोकियोको सिन्जुकुमा हुन लागेको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल सहभागी हुने भएका छन्। अधिवेशनमा अर्यालले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारी विशेष वक्ताका रूपमा उपस्थित हुने जनाइएको छ। कार्यक्रम बिहान १० बजेबाट औपचारिक रूपमा सुरु हुनेछ। अधिवेशनमा जापानभरका विभिन्न शहरबाट नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समर्थकहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।

थप

काठमाडौं । काभ्रेको सदरमुकाम धुलिखेलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक (एसपी) दीपक खड्का फेरि एकपटक चर्चाको केन्द्र बनेका छन् । २०५५ सालमा असईबाट सेवा प्रवेश गरेका खड्का पछिल्ला वर्षहरूदेखि विभिन्न विवादमा तानिँदै आएका छन् । राष्ट्रसेवक कर्मचारीले राजनीतिक दलका नेतासँग निकटता राख्नु नीतिविपरीत मानिन्छ । तर खड्कालाई नेकपा (एमाले) र त्यसका शीर्ष नेतासँगको नियमित उठबसका कारण विभागभित्रै आलोचना हुँदै आएको छ। तिनै खड्काले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्ने, उनको पक्षमा धारणा राख्ने तथा वर्तमान सरकारबिरुद्ध टिप्पणीयुक्त सामग्री सामाजिक सञ्जालमा सेयर गर्ने गतिविधि बढाएको प्रमाणहरू देखिएका छन्। आइडी ‘लक्ष्मीपुर पतरी’बाट विवादास्पद पोस्ट खड्काले ‘लक्ष्मीपुर पतरी’ नामक फेसबुक आइडीमार्फत वर्तमान…

थप

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुलमुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

चितवन । ट्राफिकभित्र वर्षौंदेखि जरा गाडेर बसेको सञ्जाल, पहुँच र मनपरी फेरि एकपटक सतहमा आएको छ। स्कुपखबरले दुई दिनदेखि सार्वजनिक गर्दै आएको खुलासालाई पुष्टि गर्ने नयाँ सूचनाले देखाएको छ- चितवन ट्राफिकमा आदेशभन्दा अन्तर्याली चलनचल्ती धेरै प्रभावशाली हुन पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सहायक हवल्दार लेखनाथ पोखरेल र हवल्दार कल्पना पौडेललाई ट्राफिक भित्र ‘हस्ती’का नामले चिनिन्छ। साधारण भाषामा भन्नुपर्दा जिल्लाको चलायमान शक्ति हाकिम होइन, उनीहरू नै हुन्। चितवन ट्राफिकमै कार्यरत एक प्रहरी भन्छन्, ‘कोही कसैलाई जहाँ-कहीँ सरुवा गर्नुपरे पनि यी दुईमध्ये एकजनालाई नदेखी कुरा नै टर्दैन। मानौं जिल्लाको प्रशासनिक चाबी उनीहरूकै हातमा छ।’ हालका कार्यालय प्रमुख प्रहरी निरीक्षक…

थप

चितवन । सिन्धुलीबाट सौराहा घुम्न आएकी एक युवतीको होटलको छतबाट खसेर ज्यान गएको छ । रत्नननगर नगरपालिका-६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो । बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारको क्रममा बकुलहर अस्पतालमा ज्यान गएको खनालले जानकारी दिए ।

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने, ‘नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’ कांग्रेस महाधिवेशन आगामी पुस २६-२८ गते हुँदैछ।

थप

काठमाडौं । ‘ड्युटी’मा खटिएका प्रहरीलाई कुटपिट गरी धनमाल लुटपाट गरेको आरोपमा दुई जना व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ परेकालाई अनुसन्धानपछि कार्यालयले बुधबार सार्वजनिक गरेको हो। गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा काठमाडौं–२४, विशालबजार क्षेत्रमा जनसेवाबाट खटिएका प्रहरीलाई एक समूहले घेराबन्दी गर्दै कुटपिट गरेको र साथमा रहेका सामान लुटपाट गरेको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामा काठमाडौं–२०, चिकामुगलका ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१०, दमाईँटोलका ४० वर्षीय राजकुमार क्षेत्री छन्। दुवै जनामाथि प्रहरीमाथि आक्रमण र लुटपाट गरेको अभियोगमा कारबाही…

थप

केशर राई काठमाडौं । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईस्थित शान्ति मिसन (UNISFA) का लागि नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन्। सोमबार राति न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयबाट महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठको नाम घोषणा गरेसँगै अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सेना फेरि एकपटक प्रमुख नेतृत्वमा उक्लिएको छ। घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि अबेई मिसनमा नयाँ नेतृत्व आवश्यक परेको थियो। सोही आवश्यकताअनुरूप संयुक्त राष्ट्रले विविध अनुभव, नेतृत्व क्षमता तथा शान्ति मिसनमा नेपाली सेनाको प्रभावकारी भूमिकालाई आधार बनाउँदै श्रेष्ठलाई फोर्स कमाण्डरमा मनोनयन गरेको हो। नेपाल–यूएन सहयोगमा थप गहिरो विश्वास नेपाली सेनाले पनि श्रेष्ठको नियुक्तिको पुष्टि गर्दै यो नियुक्तिले…

थप

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारको अभियान अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेकी छन् । जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार सरकार अघि बढिरहेको बताउँदै उनले निर्वाचन तयारीसँगै सुशासन र पारदर्शिताका लागि कठोर कदम अख्तियार गरिएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले बुधबार सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै सरकार भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डासहित अघि बढेको बताइन् । ‘हामी काम गर्न नै आएका हौँ। युवाले बलिदान दिएर गरेको विद्रोहको मर्मअनुसार काम गर्नुपर्छ। यो वा त्यो बहाना गरेर पन्छिन पाउँदैनौँ। हामी रोकिँदैनौँ,’ प्रधानमन्त्री कार्कीले भनिन् । उनका अनुसार सरकारले एकातिर निर्वाचन तयारीलाई तीव्र बनाइरहेको छ भने अर्कातिर सुशासनका…

थप