Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित
वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डे जनताको स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन । “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब पर्सा–३ मा केवल नारा होइन, जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको हो। लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन। यही चाहनालाई बुझेर एमालेले पर्सा–३ बाट रुपेश पाण्डेजस्ता स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र संगठनात्मक क्षमताले अब्बल उम्मेदवारको रूपमा स्थापित भएका छन। पाण्डेले चुनावी अभियानका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी, पूर्वाधार विस्तार र जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप…
वीरगन्ज ।पर्सा निर्वाचन क्षेत्र नम्बर३बाट रावस्पाका उम्मेदवार रामाकान्त चौरसिया माथि जनताको बिच कहिले नदेखा नपर्ने नेता रहेकोले मतदाता बिच असुन्तुष्टी र विवाद बढेको छ। चौरसियाले स्थायी क्षेत्र नम्बर २ छोडेर राजनितिक समरक्षणको आधारमा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएको आरोप लागेको छ। निर्माण व्यासाय संग जोडेका अनियमिता , गुणस्तरीय हिन काम,अधुरा योजनाको बिषयले उनको नैतिकता र जिम्मेवारी माथि स्थानी स्तरबाट प्रशन उठन् थालेको छ। शौक्षिक यौगता सिमित भएपनि पैसाको बलमा निर्वाचन लडेको आरोप मतदाले लगाएका छन्।चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा स्कूलै बालबालिकालाई प्रयोग गरेको भन्दै आचारसहिता उल्लेघनको जन-आक्रोस बढेको छ। यस्तो आरोपमा उनको दल र अन्य पार्टीबाट केही स्पष्ट…
खानेपानीको हाहाकार हुँदा २४ घण्टाभित्रै घरघरमा पानी खुवाउने काम गरे : पूर्व मन्त्री प्रदीप यादव
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् । वीरगञ्ज–३२ टेढा राम वनमा मङ्गलवार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू जनताकै माझमा आएर काम गरेको बताए । उनले भने, ‘जुन समयमा वीरगञ्जमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिकै म वीरगञ्ज आए । वीरगञ्ज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी…
रिमा यादवको समर्थनमा वीरगञ्ज–१ छपकैयाामा नेकपा एमालेको बृहत् पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेला सम्पन्न
वीरगञ्ज, पर्सा २७ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैयाामा नेकपा एमाले वडा कमिटीद्वारा आयोजना गरिएको बृहत् पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सयौँको संख्यामा विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशी कार्यकर्ताहरूलाई नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले टीका तथा खादा–माला लगाई पार्टीमा स्वागत गरेकी थिइन्। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज एवम् वीरगञ्ज महानगरपालिकाका पपूर्व नगरप्रमुख विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो। प्रमुख अतिथि सरावगीले नेकपा एमाले…
पर्सा२ -यस क्षेत्रलाई भोट बैंकरुपमा मात्र नभई शिक्षा, स्वास्थ र बिकासमा देशको नमूना क्षेत्र बनाँउछु;रावस्पा उम्मेदवार कानु
कृष्ण यादव। पर्सा क्षेत्र न-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि रावस्पा पार्टीका उम्मेदवार शुशिल साह कानु चुनावी मैदानमा उत्रिनुभएको छ। यस निर्वाचन क्षेत्रमा यसपटकको चुनावलाई हार–जितको प्रतिस्पर्धा मात्र नभई जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको परीक्षणका रूपमा हेरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १०को नेतृत्व सम्हाल्दै आउनुभएका पुर्व वडा अध्यक्ष समेत रहेका कानुले पर्सा क्षेत्र नम्बर २ बाट बालेन्द्र साह उर्फ बालेनलाई प्रधानमन्त्री बनाउन जिम्मेवारी उनको काँधमा आएको छ। तर यसपटकको निर्वाचनलाई विरासत जोगाउने मात्र नभई त्यसलाई जनअपेक्षा अनुसार रूपान्तरण गर्ने अवसरका रूपमा समेत लिइएको राजनीतिक विश्लेषकहरूले बताउनुभएको छ । कानु २०७९ सालको स्थानिय निर्वाचनमा वडा नम्बर १० का…
धाँधलीमुक्त निर्वाचनका लागि ‘AI–ड्रिभन’ कडा सुरक्षा रणनीति, आईजी कार्कीको बहुआयामिक पहल
काठमाडौं। आसन्न २१ फागुनको निर्वाचनलाई पूर्ण रूपमा शान्त, निष्पक्ष र धाँधलीमुक्त बनाउन गृह मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा परिचालन गर्ने तयारी गरेको छ। करिब तीन लाख ३२ हजार सुरक्षाकर्मी परिचालन गरिँदैछ भने यसपटक परम्परागत सुरक्षासँगै आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित निगरानी र डिजिटल नियन्त्रणलाई पनि मुख्य हतियार बनाइएको छ। गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि डेढ लाख निर्वाचन (म्यादी) प्रहरी, ७८ हजार नेपाली सेना, ७० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिनेछ। यो संख्या पछिल्ला निर्वाचनहरूमध्ये सबैभन्दा ठूलो हो। निर्वाचनको समग्र सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाल प्रहरीको काँधमा छ। विगतको…
वीरगंज २७माघ ।फागुन २१ गते आसन्न प्रतिनिधि सभाको उम्मेदवार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिल रुगँटा चुनाव अघिपछि कहिले जनताको माझमा नदेखिने नेता हुन । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रदिप यादब सँग ४ हजार ६ सय ५१ मतले पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा जसपा नेपालवाट प्रदिप यादवले प्रतिनिधि सभाको निर्वाचनमा पर्साको क्षेत्र नं १ बाट २११३२ मत ल्याएर बिजयी भएका थिए भने यादबका प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटाले १६४८१ मत ल्याएर ठुलो मतले रुगँटा पराजित हुन पुगेका थिए। नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटा झण्डै ८ बर्ष पछी कांग्रेसबाट टिकट…
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले जापानमा रोजगारीका नाममा भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली राजदूतावास, टोकियो (जापान) बाट प्राप्त सूचनाका आधारमा विभागले जापानमा वैदेशिक रोजगारसम्बन्धी विभिन्न अनियमित गतिविधि बढ्दै गएको भन्दै सचेत गराएको हो। विभागका अनुसार जापानमा व्यावसायिक कुक, केयरगिभर, सीपयुक्त तथा अन्य कामदार लगाउने बहानामा व्यक्तिगत श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै गैरकानुनी रूपमा काम र तलबको आश्वासन दिने, चर्को शुल्क असुल्ने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नदिने गुनासोहरू प्राप्त भएका छन्। सूचनामा उल्लेख भएअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका विभिन्न कम्पनी, संस्था तथा व्यक्तिहरूले जापानमा काम…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षामा विशेष योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्ठालाई संस्थागत गर्न प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । सम्मान ग्रहणपछि आईजीपी कार्कीले उक्त पुरस्कारलाई सम्पूर्ण नेपाल प्रहरीको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए । उनले यसले नेपाल प्रहरीप्रति जनताको विश्वास अझ सुदृढ बनाउँदै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनमा थप प्रतिबद्ध भएर अघि…
गुल्मी । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी घरदैलो कार्यक्रम लिएर धुर्कोट ७ पुग्दा मतदाता भावविह्वल भएका छन् । आगामी निर्वाचनमा आफूलाई मतदान गर्न अनुरोध गर्दै पन्थी धुर्कोट ७ वाग्ला पुग्दा स्थानीयवासीको आँखामा आँशु देखियो । यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो समस्याको समाधान नगरेको र गोविन्द पन्थी त्यहाँ पुग्दा अब भने समाधान हुने विश्वासले आफ्नो आँखाबाट आँसु झरेको एक मतदाताले बताए । ‘यहाँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै नै समस्या छ । अनि बाटोका साथै जंगली जनावरको आतंक पनि अर्को मुख्य समस्या हो, हामीले यसअघिका प्रतिनिधिलाई यो सबै भनेका हौं तर अहिलेसम्म समाधान भएन,’…