काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको हो ।
जेनजी प्रदर्शनबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग ले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो।
भदौ २३ र २४ गते काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका बेला रिजाल नै प्रमुख जिल्ला अधिकारी थिए। उक्त प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जानेगरी गोली चलाइएको घटनाले देशभर ठूलो विवाद र आक्रोश सिर्जना गरेको थियो ।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि नै केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिएको थियो।
