Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ झापामा सुरक्षा बढाइएको छ। झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार आमनेसामने प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा २३ उम्मेदवार छन्। यसरी इपिसेन्टर बनेको झापामा सरकारले पनि सुरक्षा संवेदशील क्षेत्रका रुपमा राखेको छ। प्रहरी प्रधान कार्यालयले सुरक्षा समन्वयका लागि एसएसपी गोविन्द अधिकारीलाई खटाएको छ। उनी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। त्यसबाहेक प्रहरी प्रधान कार्यालयले डिएसपी र इन्स्पेक्टरसहित ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ। झापा प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का हुन्।
‘हेभिवेट’ भिडन्तका कारण झापा–५ मा कडा सुरक्षा, पाँच डीएसपीसहित दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटाइयो
झापा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै झापा क्षेत्र नम्बर–५ मा सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ। प्रभावशाली उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएपछि सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस क्षेत्रलाई संवेदनशील सूचीमा राख्दै पाँच जना डीएसपीको कमान्डमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको झापा–५ मा सानोतिनो घटनासमेत हुन नदिन सुरक्षा घेराबन्दी कडा पारिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा नियमित रूपमा डीएसपीको दरबन्दी भए पनि यसपटक गौरादह, गौरीगन्ज र कमल गाउँपालिकासहित अन्य पालिकामा समेत एक–एक डीएसपी खटाएर सुरक्षा कमान्ड सुदृढ बनाइएको छ। यस…
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक साता मात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् । उनी राति करिब पौने १२ बजे सहयोगी भानु देउवासहित सिंगापुरतर्फ उडेका हुन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दाबी गरिएको छ । यद्यपि उपचारसम्बन्धी औपचारिक विवरण सार्वजनिक गरिएको छैन। देउवाकी पत्नी आरजु राणा देउवा भने हाल भारतमा रहेकी छन् । चुनावी अभियान उत्कर्षमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापाको हातमा पुगेपछि देउवा सार्वजनिक रूपमा खासै सक्रिय देखिएका छैनन्। चुनावी मैदानमा उनको उपस्थिति खोजिए…
वीरगन्ज,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बर्वा र बिन्द्वासानी टोलमा घरदैलो अभियान सम्पन्न गरेकी छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्। कार्यक्रममा बिचारी यादव, प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी…
वीरगञ्ज महानगरपालिका–१७ अलौमा आज नेपाल काग्रेस पार्टीका पर्सा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसियाको घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार चौरसिया टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेकाछन्।घरदैलो कार्यक्रममा चौरसियाले स्थानीय संग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना रहेको बताए।उम्मेदवार चौरसियाले काग्रेसको सरकारले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उहाँले युवालाई रोजगारी सिर्जना, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड, महिलाको सशक्तीकरण तथा नगर क्षेत्रमा सडक, ढल र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताए।पर्सा क्षेत्र नम्बर २ मा शिक्षा, स्वास्थ…
पर्सा२मा चुनावी माहोल तात्डै;रिमा यादवको रानिघाट र घडिआर्वमा घरदैलो सम्पन्न:जनसमर्थन बढदै
वीरगन्ज,१२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–९ र १० मा उम्मेदवार रीमा यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै विकासका ठोस प्रतिबद्धता व्यक्त गरिन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरिन्। कार्यक्रमका क्रममा स्थानीयले सडक स्तरोन्नति, ढल निकास, खानेपानी, स्वास्थ्य सेवा, विद्यालयको गुणस्तर, रोजगारीका अवसर तथा युवाका लागि खेलकुद पूर्वाधार निर्माण जस्ता आधारभूत आवश्यकतामा ध्यानाकर्षण गराए। उम्मेदवार यादवले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भनिन्,“जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु…
पर्सा–२:बदलिँदो राजनीतिक समीकरण र तीन धारको प्रतिस्पर्धा;एमाले र रावस्पा बिच कडा टक्कर;काग्रेसको मत घट्दै
कृष्ण यादव।लामो समयसम्म नेपाली काग्रेस र जनता समाजबादीको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको पर्सा निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक तीव्र चुनावी चासोको केन्द्र बनेको छ । कांग्रेसको पुनरागमन, वाम धारभित्रको विभाजन , मधेस दलको बिभाजनले र नयाँ राजनीतिक शक्तिको उदयले यसपटकको प्रतिस्पर्धालाई अघिल्ला चुनावभन्दा फरक र रोचक बनाइदिएको छ । इतिहास हेर्दा २०६४ सालदेखि २०७९सालसम्म पर्सा–२मा काग्रेस र जसपाले निरन्तर विजय हासिल गर्दै आएको थियो । काग्रेसबाट अजय चौरसिया,राजेन्द्र बहादुर अमात्य फरक- फरक समयमा काग्रेसको विरासत जोगाउँदै आए।त्यसैगरी जसपा नेपालबाट करिमा बेगम र बिमल श्रिवास्तव फरक – फरक निर्वाचनमा बिरासत जोगाँउदै आएका थिए।यस क्षेत्रमा ०७४ र ०७९ सालको…
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले विशेष रणनीति अघि सारेको छ। निर्वाचन बिथोल्ने गतिविधि नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले ‘विश्लेषण महाशाखा’ गठन गरेको छ। कार्य विभागको मातहत रहने यस महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले सम्हालेका छन्। महाशाखाले निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहहरूको गतिविधिमाथि निगरानी, विश्लेषण तथा जोखिम मूल्याङ्कन गर्नेछ। सोही आधारमा निर्वाचन सुरक्षा रणनीति तयार पारिने प्रहरी स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार, ‘निर्वाचन बिथोल्ने समूहहरूको गतिविधि पहिचान, विश्लेषण र आवश्यक प्रतिकारात्मक रणनीति निर्माण गर्ने जिम्मेवारी विश्लेषण महाशाखालाई दिइएको छ।’ सुरक्षा…
काठमाडौं । अमेरिकाको Fairfax County मा एक नेपाली परिवारभित्र सोमबार बिहान भएको बीभत्स घटनाले समुदाय स्तब्ध बनेको छ। प्रहरीका अनुसार ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै अपार्टमेन्टमा १० इन्च लामो धारिलो हतियार प्रयोग गरी श्रीमती ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि अन्धाधुन्ध प्रहार गरेका थिए। बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित घरमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो। घटनाका बेला ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। झगडाको आवाज सुनेपछि उनले ९११ मा फोन गरी घरभित्र छिर्दा श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा फेला पारे। त्यसपछि आक्रमणकारीले उनीमाथि पनि सोही हतियारले प्रहार…
झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । पार्टी निकट नेसनल ‘भोलेन्टियर फोर्स’ कोशी प्रदेश कमिटी घोषणासभालाई आज दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन बिथोल्न खोजिएकाले सरकारले निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए । एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले एमालेले अब देशको समृद्ध र विकासका लागि नेतृत्व गर्नुपर्ने विचार राखे। झापा क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका ओलीले भने, ‘एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ, अब देश बनाउन एमालेले अगुवाइ…