काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताएका छन्।
पार्टीका प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताए।
उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता, जेठ १५ गते सरकारले बजेट ल्याउँछ। हाम्रो बाचापत्रमा जेजे लेखेका थियौँ सकेसम्म न्याय गर्नेगरी आउँछ।’
उनले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने समेत बताए।
Facebook Comments Box
