काठमाडौं । मंगलबारको खेलपछि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले लोकेश बमको समर्पण र खेलभावनाको प्रशंसा गरेका छन्।
सन्दीपका अनुसार खेलका क्रममा विकेटकिपिङ प्याडमध्ये एउटा च्यातिएपछि लोकेशले केही ओभरसम्म बिना प्याड नै विकेटकिपिङ गरेका थिए। असहजता र कठिनाइका बाबजुद पनि उनले टोलीको जिम्मेवारी पूरा गर्न कुनै हिचकिचाहट गरेनन्।
सन्दीपले लोकेशको यो समर्पणलाई वास्तविक टिम स्पिरिटको उदाहरण भन्दै प्रशंसा गरेका छन्।
उनले भनेका छन्,“यही नै वास्तविक टिम स्पिरिट हो! टोलीप्रतिको उनको समर्पण र हार नमान्ने स्वभाव साँच्चै प्रशंसनीय छ। लोकेश, यसरी नै चम्किरहनू! तिमी यो टोलीका लागि अमूल्य खेलाडी हौ!”
खेल जित्न प्रतिभा मात्र होइन, टोलीप्रतिको समर्पण र जिम्मेवारीबोध पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। लोकेशको यो प्रयासले त्यही सन्देश दिएको छ।

