Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । डाँका चोरी मुद्दामा कैद भुक्तान गरी छुटेको केही समयमै पुनः चोरीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। ललितपुरको सिद्धिपुर क्षेत्रमा भएको सुन–चाँदी चोरी प्रकरणमा अनुसन्धान गर्दै प्रहरीले उनीहरूलाई चोरीका गरगहनासहित नियन्त्रणमा लिएको हो। गत चैत ३ गते महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट सुन–चाँदी चोरी भएको घटनापछि उपत्यका अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका दुई जनालाई चोरीका गरगहनासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३२ वर्षीय सजनकुमार…
काठमाडौं । ललितपुरको टिकाथली क्षेत्रमा ग्यारेज सञ्चालन गर्दै मोटरसाइकल चोरी गरी किर्ते कागजात बनाएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विशेष सूचनाको आधारमा कारबाही गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ‘Bike Hospital’ नामक ग्यारेज सञ्चालन गर्दै विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी ल्याउने, त्यसका इन्जिन तथा चेसिस नम्बर परिवर्तन गरी नक्कली कागजात तयार पारेर बिक्री गर्ने कार्यमा उनीहरू संलग्न थिए। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका २९ वर्षीय भिमबहादुर अधिकारी (हाल काठमाडौं नरेफाँट बसोबास) तथा रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले करिब एक महिनापछि नयाँ नेतृत्व पाउनेछ। वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चारवर्षे कार्यकाल पूरा गर्दै अवकाशतर्फ उन्मुख भएसँगै संगठनभित्र भावी कमाण्डर को बन्ने भन्ने विषयले तीव्र चर्चा पाएको हो। अर्यालपछि सशस्त्रको १३औं महानिरीक्षक बन्ने दौडमा मुख्यतः नारायणदत्त पौडेल र बंशीराज दाहाल देखिएका छन्। दुवै जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् र संगठनभित्र लामो अनुभव बटुलेका अधिकृतका रूपमा चिनिन्छन्। यद्यपि, बरियताका आधारमा हेर्दा पौडेल अगाडि देखिन्छन्। उनी दाहालभन्दा सिनियर अधिकृत हुन् र एआईजी पदमा पनि पहिल्यै बढुवा भइसकेका कारण स्वाभाविक रूपमा उनको दाबी बलियो मानिएको छ। संगठनभित्रको परम्परागत अभ्यासअनुसार बरियतालाई नै प्रमुख…
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की कै उपस्थितिमा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले प्रहरी प्रशासनको भूमिका र कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै सुनारले प्रहरीलाई राज्यको ‘पहिलो अनुहार’ भन्दै निष्पक्ष र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। ‘प्रहरी दायाँ–बायाँ प्रभावमा पर्नु हुँदैन,’ उनले भने, ‘अहिलेसम्म मुद्दा लिन नमानेको, लिए पनि कमजोर बनाउने प्रवृत्ति देखिन्छ, यो अन्त्य हुनुपर्छ।’ उनले पीडितले न्याय नपाउने अवस्था रहिरहे राज्यको औचित्यमाथि नै प्रश्न उठ्ने बताए। प्रहरी प्रशासनले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। सुनारले थप…
काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी भएको छ । संगठनमा २१ वटा डिएसपी पद रिक्त छ । बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टर रहेका छन्सि नियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार सिनियारिटीलाई मात्र…
काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका सबैलाई पद त्याग्न आग्रह गरेको विषय अहिले बजारमा व्यापक चर्चा बनेको छ। नयाँ जनादेशअनुसार पुराना संरचना परिवर्तन गर्ने योजनासहित यस्तो कदम चाल्न लागिएको हल्ला चलिरहेको छ। रास्वपा स्रोतका अनुसार, करिब ११ सय ७० भन्दा बढी पदमा रहेका नियुक्तिहरू प्रभावित हुन सक्ने बताइएको छ। राष्ट्र बैंकका गभर्नरदेखि राजदूत, विश्वविद्यालय तथा विभिन्न संस्थानहरूमा रहेका पदाधिकारीहरूलाई लक्षित गर्दै मेरिट र क्षमताका आधारमा नयाँ नियुक्ति गरिने तयारी भइरहेको चर्चा छ। यस्तै, स्वयं पद नछाडेमा सरकार गठनलगत्तै निलम्बन प्रक्रिया सुरु हुन सक्ने संकेत पनि सार्वजनिक रूपमा आएको भनाइ छ। यता,…
काठमाडौं । नेपाल प्रहरीमा २४ जना इन्स्पेक्टरको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काठमाडौँ । अहिले सामाजिक सञ्जालमा प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको एउटा भिडिओ भाइरल छ । मधेशी भएकै कारण प्रहरीलाई हेपिएको भन्दै उक्त भिडिओको चौतर्फी चर्चा र विरोध भइरहेको छ । भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले देशको जुनसुकै ठाउँमा गएर काम गर्न पाउने अधिकार रहेको भन्दै खेद प्रकट गरेका छन् । उनीहरूले ‘प्रहरीलाई त मधेशी भएकै कारण यसरी हेपिन्छ भने, सर्वसाधारण मधेशीले कति अपमान सहनुपर्ला ?’ भन्दै प्रश्नसमेत गरेका छन् । १९ मार्च बिहान ७:२५ मा ‘Madhesh poeple’ नामको फेसबुक पेजले सो भिडिओ सार्वजनिक गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “जब एउटा प्रहरी मधेशी भएको कारण यति हेपाइ खान्छ…
काठमाडौं । सर्वोत्तम पेन्टस्ले राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेको छ । कम्पनीले उत्पादन गर्ने विभिन्न प्रकारका पेन्टस् तथा अन्य सामग्रीसमेत अन्तराष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड, तथा वातावरणीय मापदण्ड भएको भन्दै उक्त प्रमाण पत्र दिएको हो । कम्पनीले अन्तराष्ट्रिय प्रमाणपत्र प्राप्त गरेसँगै अन्तराष्ट्रिय बजारमा समेत व्यावसाय बिस्तारका लागि बाटो खुलेको जनाएको छ । सर्वोत्तम पेन्टस्लाई राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गर्न सम्पूर्ण टीमको मेहनत र ग्राहक प्रतिको समर्पण गरेको कम्पनीका प्रवन्ध निर्देशन नवीन प्रसाद भट्टले जानकारी दिए । कैलालीको गोदावरीमा मूख्य कार्यालय रहेको सर्वोत्तमले सूदुरपश्चि प्रदेश र कर्णाली प्रदेशलाई मूख्य आधार बनाएको थियो । राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेसँगै देशका अन्य सहरहरु…
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले २ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), ७ जना नायब महानिरीक्षक (डिआइजी), ७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित कुल ६९ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले कार्य विभागका एआइजी उमा प्रसाद चतुर्वेदीसहित ६९ जनालाई पुरस्कृत गरेका छन्। चतुर्वेदीकै नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार पारिएको थियो, जसले देशभर शान्तिपूर्ण मतदान सम्पन्न गर्न सहयोग पुर्याएको थियो। त्यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पनि सम्मानित भएका छन्। काठमाडौं उपत्यकामा शान्तिपूर्ण र व्यवस्थित…